मुख्य समाचार
पनामाका राष्ट्रपतिले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा
पनामाका राष्ट्रपतिले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा

। पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् ।

पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड ट्रम्पले पनामाविरुद्ध अभिव्यक्ति दिंदै आएका थिए ।




राष्ट्रपति मुलिनोले अमेरिकासँग नयाँ लगानी परियोजनाहरूमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । नयाँ लगानी परियोजनामा पूर्वाधारसम्बन्धी योजना समेत समावेश छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार पनामा भ्रमणमा पुगेका छन् । ट्रम्प राष्ट्रपति बनेपछि कुनै उच्च अमेरिकी अधिकारीको यो पहिलो पनामा भ्रमण हो ।




मार्कोले पनामा सरकारलाई नहरमाथि चीनको प्रभाव र नियन्त्रण तत्काल अन्त्य गर्न माग गरेका छन् ।

रुबियोले चेतावनी दिँदै भने, ‘यदि पनामाले चीनको प्रभाव हटाएन भने अमेरिका र पनामाबीचको सन्धिअनुसार आफ्ना अधिकारहरूको रक्षा गर्न व्यापक कदम चाल्नेछ ।’

यो चेतावनी आइतबार पनामा सिटीमा अमेरिकी विदेशमन्त्री रुबियो र पनामा राष्ट्रपति राउल मुलिनोबीचको बैठकपछि आएको हो ।

पनामाको प्रतिक्रिया

रुबियोको भ्रमणले नयाँ सम्भावना खोलेको बताउँदै मुलिनोले भने, ‘पनामा नहरको सार्वभौमिकतासम्बन्धी कुनै बहस गर्ने छैनौं ।’

उनले चीनको प्रभावबारे अमेरिकाको चासोलाई लिएर रुबियोसँग छलफल भएको जानकारी पनि दिए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति मुलिनोले पनामा नहरलाई अमेरिका कब्जा गर्ने खतरा नभएको स्पष्ट पारेका थिए ।

उनले भने, ‘ट्रम्प प्रशासनको चीनसम्बन्धी चासोलाई सम्बोधन गर्न मैले बैठकको प्रस्ताव राखेको थिएँ ।’

अमेरिकी चेतावनी

मुलिनोको घोषणापछि अमेरिकी विदेश विभागले दुई देशबीचको छलफलका विवरण सार्वजनिक गरेको छ । रिपोर्टअनुसार, पनामा नहरमा चीनको प्रभाव बढेमा अमेरिका आफ्ना अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने उल्लेख छ ।

सन् १९७७ मा भएको एक सन्धिअनुसार यदि कुनै विदेशी शक्तिले पनामा नहरको सञ्चालनमा हस्तक्षेप गरेमा अमेरिका सैन्य कारबाही गर्न सक्ने उल्लेख छ ।

ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गर्नुअघि नै पनामा नहर पुनः अमेरिकी नियन्त्रणमा लिने धम्की दिएका थिए।

पनामा नहर १९९९ सम्म अमेरिकी नियन्त्रणमा थियो, त्यसपछि पनामालाई हस्तान्तरण गरिएको थियो।

‘पनामाले अमेरिकासँग अत्यधिक शुल्क लिएको छ र चीनको प्रभाव बढाउँदैछ,’ ट्रम्पको आरोप थियो ।

यदि चीनले पनामामा थप नियन्त्रण जमाउने प्रयास गर्‍यो भने अमेरिका कडा प्रतिक्रिया जनाउन तयार हुने ट्रम्पको धम्की थियो ।

ट्रम्पले आफ्नो सोशल मिडिया अकाउन्टमा पनामा नहरको बीचमा अमेरिकी झन्डा फहराइरहेको एक एआई-सिर्जित तस्वीर पोस्ट गरेका थिए । ‘वेलकम टु द यूनाइटेड स्टेट्स क्यानल’ तस्वीरको क्याप्सनमा उनले लेखेका थिए ।

बीआरआई चीनको महत्वाकांक्षी योजना हो जसलाई नयाँ सिल्क रूट पनि भनिन्छ ।

यस योजनाअन्तर्गत एशिया, युरोप, अफ्रिका गरी ७० भन्दा बढी देशलाई रेल, सडक र समुद्री मार्गमार्फत जोड्ने लक्ष्य राखिएको छ।

-एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामग्रीमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने नयाँ घोषणा गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गर्ने ट्रम्पको निर्णय नियमविपरीत रहेको फैसला सुनाएपछि ट्रम्पले नयाँ घोषणा गरेका हुन् । अदालतले आईईईपीएअन्तर्गत नयाँ कर तोक्ने अधिकार राष्ट्रपतिसँग नभएर कंग्रेससँग हुने फैसला सुनाएको ...
: बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली दिएका छन्। उनीसँगै बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन र प्रधानमन्त्री तारिक रहमान पनि श्रद्धाञ्जली दिन पुगेका थिए। श्रद्धाञ्जली २० र २१ फेब्रुअरीको रात १२ बजेपछि गरिएको थियो। २१ फेब्रुअरीलाई बंगलादेशमा भाषा आन्दोलनका शहीद स्मरण दिवसका रूपमा मनाइन्छ। ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एआई मानव केन्द्रित र धनी–गरिब सबैका लागि हुनुपर्ने बताएका छन्। नयाँ दिल्लीमा बिहीबार एआई इम्प्याक्ट समिटको उद्‍घाटन गर्दै प्रधानमन्त्री मोदीले एआई प्रविधिलाई देशका सबै नागरिकसम्म लोकतान्त्रिक रूपमा पहुँचयोग्य बनाउनुपर्ने बताएका हुन्। ‘म तपाईंहरु सबैलाई विश्वकै ऐतिहासिक एआई समिटमा स्वागत गर्छु। भारत विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रतिभाको केन्द्र हो। ग्लोबल साउथका लागि ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। उनले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले पहिलो पटक प्रदर्शनीमा मारिनेको संख्या सार्वजनिक गरेका हुन्। यसका साथै उनले कुराकानीको क्रममा ८ सय भन्दा बढीलाई फासीको सजाय समेत दिने तयारी भएको तर अमेरिकाको कडा चेतावनी पछि उक्त ...
: बेलायती सरकारले एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई राजकीय उत्तराधिकारकाे लाइनबाट हटाउन कानून ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री ल्यूक पोलार्डले बीबीसीसँग कुरा गर्दै एन्ड्रयूलाई कहिल्यै राजा बन्न नसक्ने गरी उत्तराधिकारबाट हटाउनु सही कदम हुने बताए । सार्वजनिक पदमा दुर्व्यवहार गरेको आरोपमा बिहीबार मात्रै एन्ड्रयुलाई हिरासतमा लिई ११ घण्टा लामो सोधपुछ पछि अनुसन्धानकै दायरामा रहने गरी रिहा गरिएको ...