मुख्य समाचार
‘मिटियर गार्डेन’मा अभिनय गरेर चर्चित भएकी ताइवानी अभिनेत्री बार्बी सुको ४८ वर्षको उमेरमा निमोनियाका कारण निधन
‘मिटियर गार्डेन’मा अभिनय गरेर चर्चित भएकी ताइवानी अभिनेत्री बार्बी सुको ४८ वर्षको उमेरमा निमोनियाका कारण निधन

। सन् २००१ को हिट टिभी श्रृंखला ‘मिटियर गार्डेन’मा अभिनय गरेर चर्चित भएकी ताइवानी अभिनेत्री बार्बी सुको ४८ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्डारिन भाषा बोल्ने मुलुकका भाषामा उक्त श्रृृंखलालाई स्वरांकन गरिएपछि उनी फिलिपिन्स, इन्डोनेसिया र थाइल्याण्डमा पनि परिचित अनुहार बनेकी थिइन् ।




‘म यो विश्वास गर्न सक्दिन’ चिनियाँ सामाजिक मिडिया प्लेटफर्म वेइबोमा लाखौं प्रशंसकले यस्तो टिप्पणी गर्दै अभिनेत्री सुलाई श्रद्धाञ्जली दिइरहेका छन् । जापान भ्रमणका क्रममा उनी बिरामी परेको विश्वास गरिएको छ । उनकी बहिनी, डी सुले सोमबार ताइवानको टिभिबीएस न्यूजसँग मृत्युको पुष्टि गरिन् ।

‘चन्द्र नयाँ वर्षको क्रममा हाम्रो परिवार छुट्टीको लागि जापान आएको थियो । मेरी सबैभन्दा प्यारी बहिनी बार्बीले दुर्भाग्यवश निमोनिया, इन्फ्लुएन्जाको कारणले गर्दा हामीलाई छाडेर गइन्’ उनका प्रबन्धकले सेयर गरेको विज्ञप्तिमा उल्लेख छ । मिर्गी र मुटुको रोगले यसअघि पनि पीडित अभिनेत्री सुलाई यसअघि चोटपटकका कारण अस्पताल भर्ना गरिएको थियो ।




उनका श्रीमान् जो दक्षिण कोरियाली गायक डीजे कु समेत थिए । पहिलेको विवाहबाट दुई छोराछोरी थिए । उनी र उनको पूर्व पति, चिनियाँ व्यवसायी वाङ सियाओफेईले सन् २०२१ मा सम्बन्धविच्छेद गरेका थिए ।

अभिनेत्री सुले १७ वर्षको उमेरमा आफ्नी बहिनी डीसँग पप जोडीको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् । तिनीहरू टिभी होस्टको रूपमा प्रसिद्ध भए । हास्य शैली र हास्यको भावनाको लागि उनीहरू परिचित छन् ।

तर सन् २९९० को जापानी कमिक श्रृंखला ‘मिटियर गार्डेन’ले उनलाई स्टारमा परिणत गर्‍यो । यो श्रृंखलाको प्रसिद्धी चिनियाँ मनोरञ्जन क्षेत्रभन्दा बाहिर पनि फैलिएको थियो । यो श्रृंखलामा सुले एक मध्यमवर्गीय परिवारको किशोरी शान्काईको भूमिका निर्वाह गरेकी छन्, जो एक उच्च निजी विद्यालयमा पढ्छिन् र धनी परिवारका एक उत्तराधिकारीसँगको प्रेममा छिन् ।

-रोयटर्स

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...