मुख्य समाचार
विश्वकै पहिलो दशतारे होटल : सबै चिजमा सुन, एक रातको शुल्क २८ लाख !
विश्वकै पहिलो दशतारे होटल : सबै चिजमा सुन, एक रातको शुल्क २८ लाख !

। संयुक्त अरब इमिरेट्सको दुबई आफ्नो लग्जरी जीवनशैली तथा आलिशान होटलहरुका लागि चर्चित छ । त्यहीँ दुबईमा एउटा यस्तो होटल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपैयाँ बराबरको मूल्य तिर्नुपर्छ ।

यसलाई विश्वकै पहिले दशतारे होटल पनि भनिन्छ । उक्त होटलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनकि यो अर्बपति व्यापारी तथा धनी राजपरिवारहरुको पहिलो रोजाईको रुपमा रहेको छ ।




आम मानिसका लागि यो केवल एउटा पूरा नहुने मनोकांक्षा जस्तै हो, जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन । यो विश्वका धनीहरुको एउटा यस्तो गन्तव्य हो जहाँ केवल धनाढ्यहरुले मात्र प्रवशे पाउँछन् ।

यो होटलले सुपर धनाढ्यहरुलाई विश्वकै सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ । यो होटलमा पिल्लरदेखि ढोकाका ह्याण्डल सम्ममा सुन लेपन गरिएको छ। बाथरुममा पनि सुनको कला देख्न सकिन्छ, जसले हरेक पाहुनालाई राजर्षी अनुभूति प्रदान गर्दछ ।




यस्तो विचित्र होटलको नाम बुर्ज अल अरब हो । दुबईको जुमेराह बीचमा अवस्थित यो होटलको चारैतर्फ नीलो, सफा समुद्र फैलिएको छ । कृत्रिम टापुमा बनेको यो होटलको जग चाहीँ समुद्रभित्र १ सय ४८ फिटको गहिराईसम्म पुगेको छ । यसको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर तथा आइकनिक होटलको रुपमा स्थापित गरेको छ ।

बुर्ज अल अरबको भित्री भाग अर्थात् इन्टेरियर होस् वा त्यहाँको खानेकुरा, सबै चिजमा सुनप्रतिको प्रेम झल्किन्छ । यो होटेलमा राखिएका १७९० वर्ग मिटरका २४ क्यारेट सुनौला पातले यसलाई भव्य बनाएका छन् । होटेलका लग्जरी परिकारहरुमा पनि सुनको लेपन रहेको हुन्छ, जसले हरेक भोजनलाई विशेष बनाउँछ ।

इस होटल का नाम है बुर्ज अल अरब.

बुर्ज अल अरबले सन् २००८ मा एउटा नयाँ किर्तिमान स्थापित गरेको थियो । यो होटलले विश्वको सबैभन्दा महंगो ककटेलका लागि गिनिज वर्ल्ड रेकर्डस्मा आफ्नो नाम लेखाएको थियो । उक्त ककटेलको मूल्य २७ हजार ३२१ दिराम अर्थात् करिब ११ लाख रुपैयाँ थियो ।

जुमेराह ग्रुपसँग यो होटलको स्वामित्व रहेको छ, जुन दुबई सरकारको स्वामित्व भएको लग्जरी होटल चेन हो । यो होटलको निर्माणका करिब १ अर्ब डलर खर्च लागेको थियो । ३२१ मिटर अग्लो यो होटल भवन सन् १९९९ मा निर्माण पूरा भएको थियो ।

बुर्ज अल अरब का इंटीरियर हो या यहां का खाना

यो होटेलमा २०२ वटा कोठा छन् । जसमा सानो आकारको सुइट अर्थात् कोठाको आकार १६९ वर्गमिटर र सबैभन्दा ठूलो सुइटको आकार ७८० वर्गमिटर छ । रोयल सुइटमा एक रात बिताउनका लागि करीब २८ लाख ३० हजार रुपैयाँ तिर्नु पर्दछ । अन्य सुइट्सको शुल्क चाहीँ ८ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ ।

बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले तयार गरेको थियो । टम राइटको नेतृत्वमा यसको निर्माण गरिएको हो । यसको आकार एउटा जहाजको पालजस्तै डिजाइन गरिएको छ । होटलको इन्टेरियरमा सुनको झलक हरेक ठाउँमा देखिन्छ । यहाँसम्म कि खानाका परिकारमा समेत सुनको प्रयोग गरिएको हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामग्रीमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने नयाँ घोषणा गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गर्ने ट्रम्पको निर्णय नियमविपरीत रहेको फैसला सुनाएपछि ट्रम्पले नयाँ घोषणा गरेका हुन् । अदालतले आईईईपीएअन्तर्गत नयाँ कर तोक्ने अधिकार राष्ट्रपतिसँग नभएर कंग्रेससँग हुने फैसला सुनाएको ...
: बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली दिएका छन्। उनीसँगै बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन र प्रधानमन्त्री तारिक रहमान पनि श्रद्धाञ्जली दिन पुगेका थिए। श्रद्धाञ्जली २० र २१ फेब्रुअरीको रात १२ बजेपछि गरिएको थियो। २१ फेब्रुअरीलाई बंगलादेशमा भाषा आन्दोलनका शहीद स्मरण दिवसका रूपमा मनाइन्छ। ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एआई मानव केन्द्रित र धनी–गरिब सबैका लागि हुनुपर्ने बताएका छन्। नयाँ दिल्लीमा बिहीबार एआई इम्प्याक्ट समिटको उद्‍घाटन गर्दै प्रधानमन्त्री मोदीले एआई प्रविधिलाई देशका सबै नागरिकसम्म लोकतान्त्रिक रूपमा पहुँचयोग्य बनाउनुपर्ने बताएका हुन्। ‘म तपाईंहरु सबैलाई विश्वकै ऐतिहासिक एआई समिटमा स्वागत गर्छु। भारत विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रतिभाको केन्द्र हो। ग्लोबल साउथका लागि ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। उनले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले पहिलो पटक प्रदर्शनीमा मारिनेको संख्या सार्वजनिक गरेका हुन्। यसका साथै उनले कुराकानीको क्रममा ८ सय भन्दा बढीलाई फासीको सजाय समेत दिने तयारी भएको तर अमेरिकाको कडा चेतावनी पछि उक्त ...
: बेलायती सरकारले एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई राजकीय उत्तराधिकारकाे लाइनबाट हटाउन कानून ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री ल्यूक पोलार्डले बीबीसीसँग कुरा गर्दै एन्ड्रयूलाई कहिल्यै राजा बन्न नसक्ने गरी उत्तराधिकारबाट हटाउनु सही कदम हुने बताए । सार्वजनिक पदमा दुर्व्यवहार गरेको आरोपमा बिहीबार मात्रै एन्ड्रयुलाई हिरासतमा लिई ११ घण्टा लामो सोधपुछ पछि अनुसन्धानकै दायरामा रहने गरी रिहा गरिएको ...