मुख्य समाचार
पाठेघरको क्यान्सरविरुद्ध महत्त्वपूर्ण अभियान
पाठेघरको क्यान्सरविरुद्ध महत्त्वपूर्ण अभियान

। प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको क्यान्सरलाई जनस्वास्थ्यको समस्या नै नहुने गरी अभियान सुरु भएको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क एचपीभी खोप अभियान शुभारम्भ गर्दै उनले सरकारले नयाँ काम थालेको बताएका हुन् ।

‘आज हामी एउटा धेरै महत्वपूर्ण नयाँ काम थालिरहेका छौ । यस कामले साधारण प्रभाव पार्ने होइन, क्यान्सरजस्तो घातक रोगलाई लाग्नै नदिने गरी, खासगरी पाठेघरको मुखको क्यान्सर भन्छौं’, उनले भने, ‘हामी त्यसलाई सन् २०३० सम्ममा जनस्वास्थ्य समस्याको रुपमा नरहने गरी नियन्त्रण गर्ने विश्व स्वास्थ्य संगठनले आफ्नो लक्ष्य निर्धारण गरेको छ । त्यो अभियान आजबाट थालेका छौं ।’




प्रधानमन्त्री ओलीले अहिले एचपीभी खोप लगाएका किशोरीहरुले हुर्किइसकेपछि पनि पाठेघरको क्यान्सरबाट मुक्त हुने विश्वास व्यक्त गरे । उनले भने, धेरै खुसीको कुरा र आशालाग्दो कुरा हो, जसले हामीलाई सुरक्षित भविष्यतर्फ, मानव सुरक्षाको भविष्य पनि सुरक्षित भविष्यतर्फ लैजान्छ ।’

विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा प्रधानमन्त्री ओलीले उक्त अभियान शुभारम्भ गरेका हुन् ।




यो अभियान फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिने लक्ष्य छ ।

प्रधामन्त्री ओलीले अगाडि भने, ‘विद्यालयमा खोप पछि विभिन्न स्वास्थ्य संस्थाबाट छुटफुट विद्यालय आउन नपाएका वा विभिन्न कारणले विद्यालयभन्दा बाहिरकासम्म पनि यो खोप पुर्‍याइनेछ । यसले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य एउटा प्रगति गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम