मुख्य समाचार
पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको : स्वास्थ्यमन्त्री
पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको : स्वास्थ्यमन्त्री

। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको पनि बताए ।




‘आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, मेरो दिदीहरू, मेरो समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यसलाई न्युनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ ।’

उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउँदै उनले क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको बताए ।




‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरू गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ,’ उनले भने ।

मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक स्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो । यही माघ २७ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्ण ...
। मोरङमा माघ २५ गते (आइतबार)देखस संचालन हुने एचपीभी खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालय जनाएको छ । यो अभियानमा कक्षा ६ मा अध्ययनरत बालिका र विद्यालय बाहिर रहेका १० वर्षसम्मका बालिकाहरुलाई खोप लगाइने छ । यसैगरी गत अभियानमा छुटेका कक्षा ७ देखिदेखि १० सम्मका बालिकाहरु गरी १२ हजार ७ सय ५५ जनालाई किशोरीलाई खोप ...
। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छन् । बुधबार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले मानसिक रोगका बिरामीहरूलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने ...
— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई जसरी भएपनि निरन्तरता दिनुपर्ने बताएकी छन् । स्वास्थ्य बिमा बोर्डसँगको छलफलमा उनले निमुखा नागरिकको स्वास्थ्य उपचार गर्ने दायित्व सरकारको भएको जनाइन् । बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले बोर्डले १६ लाख नागरिकको निःशुल्क बिमा गरेर स्वास्थ्य उपचारको सेवा दिँदै‍ आएको तथ्यांक सुनाएका थिए । विपन्न नागरिक, अपांगता भएका, ज्येष्ठ नागरिकको निःशुल्क ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन सक्ने चेतावनी दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा स्वास्थ्य बिमा बोर्डले गरेको कार्यक्रममा उनले शून्य बजेटमा कार्यक्रम सञ्चालन गर्न नसकिने बताइन् । बोर्डले प्रधानमन्त्री सुशीला कार्की, अर्थ सचिव घनश्याम उपाध्यायसहित सरोकारवालासँग छलफल गरेको थियो । यस वर्ष सरकारले दिएको ११ अर्ब गत वर्षको ...