मुख्य समाचार
नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ
नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ

। नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ ।

टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्‍म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेटको भ्वाइस प्याकेज पाउनेछन् ।




यस्तै ग्राहकले ४९९ रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड अलनेट भ्वाइसकल गर्न सक्नेछन् । त्यस्तै ५९९ रुपैयाँमा एकमहिनाभरी अनलिमिटेड डेटा प्याक चलाउन पाउने सुविधा दिएको छ ।

यस्तै ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डेटा प्याक एक महिनाका लागि ग्राहकले सुविधा पाउनेछन् । साथै सोही रकम (९७७रुपैयाँ) तिरेर नेपाल टेलिकमको फेस्टिभ कम्बो प्याक पनि लिक सक्नेछन् । यसैगरी टेलिकमले माघ २२ गतेदेखि फागुन २१ गतेसम्म लागु हुने गरी नयाँ तथा पुराना ग्राहकका लागि एफटीटीएच मार्फत ५०/७५/१००/१५० तथा २ सय एमबीपीएसको वार्षिक प्याकेज लिएर आएको छ। यो प्याकेज खरिद गर्दा ग्राहकले १ महिनाको थप सेवा पाउने टेलिकमले जनाएको छ ।




साथै दुई वर्षको समयावधिको एफटीटीएच प्याकेज किनेमा ग्राहकले १५ प्रतिशत छुटसमेत पाउनेछन् । यसैगरी टेलिकमले सामाजिक सञ्जाल टिकटक प्याकेज पनि लिएर आएको छ । दैनिक टिकटक चलाउने ग्राहकलाई टेलिकमले ४८ रुपैयाँमै ५ एमबीपीएस स्पीड क्षमताको २० जीबी डेटा र थ्रोटल १ एमबीपीएस उपलब्ध गराउने सुविधा दिएको छ ।

यस्तै हप्तादिनसम्म टिकटक चलाउने ग्राहकलाई भने १७० रुपैयाँमा दैनिक २० जीबी डेटा र ५ एमबीपीएसको, थ्रोटल २ एमबीपीएसको प्याकेज प्रदान गर्ने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्