मुख्य समाचार
२१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण
२१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण

। नेपाल टेलिकमका २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको हो ।

५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।




नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले अनलाइनखबरसँग भने, ‘स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरुलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको तलब दिइएको छ ।’

पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको उनले बताए ।




पदक पाउने कर्मचारीहरु २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरु छन् । सहप्रवक्ता मिश्रले भने, ‘दीर्घ सेवा पदक र एक महिना बराबरको तलब वितरण पहिले पनि हुन्थ्यो । यो पुरानै निरन्तरता हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउने विपत्बारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ । प्राकृतिक विपत्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । ...
। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित ...
। गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि स्टोरेज पोलिसीमा ठूलो परिवर्तन गर्दैछ। अहिलेसम्म गुगल अकाउन्टसँग नि:शुल्क मिल्ने १५ जीबी स्टोरेज उपलब्ध थियो। यस स्टोरेजमा जिमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा मात्र गनिन्थ्यो। तर ७ जुलाइदेखि नयाँ नियमहरू लागू भएका छन्। यी नयाँ नियमहरू अन्तर्गत अब तपाईंको एन्ड्रोइड फोनको सबै ब्याकअप डेटा पनि यसैमा गनिनेछ। यस ब्याकअप ...
एआई कम्पनी ओपनएआईले वास्तविक समयमा एकैसाथ सुन्न र बोल्न सक्ने क्षमता भएको आवाजमा आधारित नयाँ मोडल ‘जीपीटी-लाइभ’ सार्वजनिक गरेको छ। आईपीओको तयारीमा रहेको यस एआई स्टार्टअपले बुधबार विश्वभरका प्रयोगकर्ताहरूका लागि जीपीटी-लाइभका दुई संस्करणहरू जीपीटी-लाइभ-१ र जीपीटी-लाइभ-१ मिनी उपलब्ध गराउने घोषणा गरेको हो। यसअघि गत मे महिनामा पनि ओपनएआईले आफ्नो डेभलपर प्लेटफर्मका लागि तीनवटा अडियो मोडलहरू ल्याएको थियो ...
। मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित बनाएको छ। यस नयाँ अपडेट अन्तर्गत एआईद्वारा अटोमेटेड रूपमा तयार हुने बाइलिङ्गुअल क्याप्सन, परिष्कृत क्रिएटिभ टेम्पलेट र नयाँ सिजनल साउन्ड इफेक्टहरू समावेश गरिएका छन्। यस हप्ताको सबैभन्दा मुख्य अपडेट एआईबाट चल्ने ‘अटो-जेनेरेटेड बाइलिङ्गुअल क्याप्सन’ हो । जसले क्रिएटरहरूलाई नयाँ अन्तर्राष्ट्रिय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम