मुख्य समाचार
जनता समाजवादी पार्टी नेपालले विज्ञ बोलाएर सरकारले ल्याएका अध्यादेशबारे छलफल
जनता समाजवादी पार्टी नेपालले विज्ञ बोलाएर सरकारले ल्याएका अध्यादेशबारे छलफल

। जनता समाजवादी पार्टी नेपालले विज्ञ बोलाएर सरकारले ल्याएका अध्यादेशबारे छलफल थालेको छ । सिंहदरबारमा अहिले पार्टीले बनाएको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले विज्ञसँग छलफल गरिरहेको छ ।

कार्यदल संयोजक राजकिशोर यादवका अनुसारसबै अध्यादेशको विषयवस्तु अध्ययन गरेर स्वीकृत वा अस्वीकृत गर्नेबारे निर्णय लिने तयारी छ ।




जसपा नेपालको सोमबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको हो । जसपा नेपालको संसदीय दलको बैठक यही माघ २४ गते बिहान बस्दैछ । उक्त बैठकमा कार्यदलले अध्यादेशबारे प्रतिवेदन पेस गर्नेछ ।

उक्त प्रतिवेदनका आधारमा अध्यादेश स्वीकृत गर्न वा अस्वीकृत गर्न भूमिका खेल्नेबारे निर्णय लिने तयारी छ ।




मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश गत शुक्रबार दुवै सदनमा प्रस्तुत भएको थियो ।

अध्यादेशलाई संघीय संसदको दुवै सदनले स्वीकृत गर्नुपर्छ ।

सरकारले यही माघ २४ गते अध्यादेशलाई दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको छ । विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् । प्रतिनिधि सभामा ५० वटा र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।

जसपा नेपालले सदनको बैठक अगाडि मात्रै अध्यादेशबारे निर्णय लिने नीति लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानविनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो । उनीहरुले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा ...
: स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षले आउदो आर्थिक बर्षका लागि बजेट सार्वजनिकरण गरेका हुन् । जिल्लाका ५ नगरपालिका र छ गाउँपालिकाले ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैंयाँको बजेट सार्वजनिक गरेका हुन् । पूँजीगतभन्दा कतै दोब्बर ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४ घर भएका ...
: ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका नागरिकले अदालतका बन्द ढोकाभित्र हुने बहस घरमै बसेर प्रत्यक्ष हेर्न पाउने भएका छन् । उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासले आजदेखि सार्वजनिक सरोकारका रिट निवेदनहरूको सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) मार्फत सुरु गरेको छ । अदालतको कार्यक्षेत्र माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु छन् । न्यायिक प्रक्रियामा पारदर्शिता ...
: सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाई गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सुकुम्वासीहरुको व्यवस्थापन नै नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको ...