मुख्य समाचार
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घात कांग्रेसको महारोग बनेको बताए
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घात कांग्रेसको महारोग बनेको बताए

। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घात कांग्रेसको महारोग बनेको बताएका छन् । कांग्रेसमा वर्षौंदेखि झांगिएको अपराधपूर्ण अन्तर्घातले मात्र पार्टीलाई निर्वाचनमा बहुमत ल्याउन रोक्ने गरेको उनको भनाइ छ ।

नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा गरेको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रममा उपसभापति खड्काले अन्तर्घातले कांग्रेसले गाँजेको बताएका हुन् ।

‘अन्तर्घात कांग्रेसको महारोग भयो । यो रोग अन्त्य गर्‍यौं भने प्रदेश र संघमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्छ,’ उनले भने, ‘हामीले हाम्रो व्यवहार बदल्नैपर्छ ।’

एक्लै चुनाव लड्मा मात्र नभई गठबन्धन बनाएर लड्दा पनि अन्तर्घातको कारण कांग्रेसले धेरै क्षति व्यहोर्दै आएको उनको भनाइ थियो ।

‘हिजो (२०७९ मा माओवादीसँग) गठबन्धन गर्दा पनि प्रदेशका ४० र संघका ३० वटा सिट अन्तर्घातकै कारण हारेका हौं । हामीलाई कसैले रोक्न सक्दैन । रोक्ने भनेको वर्षौंदेखिको अपराधपूर्ण अन्तर्घातले हो,’ उपसभापति खड्काले भने ।

पार्टी एकढिक्का भए यही निर्वाचन प्रणालीमा बहुमत ल्याउन सक्ने उनको थियो । सोही कार्यक्रममा उद्घाटन मन्तव्य दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानमा रहेको निर्वाचन प्रणालीले बहुमत ल्याउन सहज नभए पनि पार्टी एकढिक्क भए बहुमत ल्याउन सकिने बताएका थिए ।

त्यसलाई दोहोर्‍याउँदै उपसभापति देउवाले भने, ‘मञ्चमा एकता होऔं, विवादहरू भए कोठाभित्र छलफल गरौं । एकताबद्ध भएर अगाडि बढौं । ०८१ को अभियान चलाऔं, ०८२ को अभियान चलाऔं । ०८३ को अभियान चलाऔं । तीन वर्षका अभियान सफल भएपछि ०८४ को आमअभियानमा स्थानीय तह, प्रदेश र संघमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसमा वर्षौंदेखिको अपराधपूर्ण अन्तर्घातले रोक्छ ।’

कांग्रेसको नीति, विचार सिद्धान्त वा इतिहास प्रति कसैको गुनासो छैन भन्दै उनले नेताहरूको व्यवहारमा समस्या रहेकाले बदल्न जरुरी रहेको जिकिर गरे ।

‘जनताको गुनासो, मतदाताको गुनासो, जमिनमा पार्टी बचाएर बचेकाहरूको गुनासो कांग्रेसको लोकतन्त्र, समाजवाद, राष्ट्रियतासँग छ ? कांग्रेसको परिवर्तनको इतिहाससँग छ ? छैन । छ भने मेरो व्यवहारसँग छ । त्यसैले हामीले आफ्नो व्यवहार बदलौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘टास्क फोर्स’ ले स्वास्थ्य परीक्षण गर्ने संस्था अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका स्वास्थ्य संस्थामा टास्क फोर्सले अनुगमन थालेको हो । स्वास्थ्य परीक्षण सम्बन्धी उजुरी आएका मेडिकलहरूमा टास्क फोर्सले अनुगमन थालेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म १६ वटा मेडिकलमा ...
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...