मुख्य समाचार
गाजा पट्टीलाई आफ्नो कब्जामा लिने र यसलाई पुनर्विकास गर्ने
गाजा पट्टीलाई आफ्नो कब्जामा लिने र यसलाई पुनर्विकास गर्ने

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार गाजा पट्टीलाई आफ्नो कब्जामा लिने र यसलाई पुनर्विकास गर्ने उल्लेख गरेका छन्। अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गरेपछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले उक्त बयान दिएका हुन्।


गाजामा भएको विनाशको कारणले प्यालेस्टिनीहरूलाई उक्त ठाउँ छोड्नुको विकल्प नभएको बताएका छन्। उनले जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई आश्रय दिनुपर्ने जनाए।




ट्रम्पले गाजामा पुनर्वास गर्नुको सट्टा प्यालेस्टिनीहरूलाई नयाँ ठाउँमा बसोबासको व्यवस्था गर्नु राम्रो हुने बताए। उनले भने, 'यदि सही ठाउँ फेला पार्न सकियो र त्यहाँ राम्रा घरहरू बनाउन सकियो भने, गाजा फर्कनु भन्दा राम्रो हुनेछ।'
बैठकमा दुवैले गाजा युद्धमा युद्धविरामको अर्को चरणबारे छलफल गरेका बीबीसी समाारमा उल्लेख छ।

ट्रम्पले अमेरिकाले गाजालाई नियन्त्रण लिने त्यहाँ रहेका खतरनाक बम र अन्य हतियारहरू हटाउने योजना बनाएको पनि उल्लेख गरे। यसो गर्दा गाजा पट्टीलाई सफा गर्ने र त्यहाँका मानिसहरूका लागि असीमित रोजगारी र आवास सिर्जना गरी आर्थिक विकास पनि हुने जनाए।

ट्रम्पले भने, 'मैले पछिल्ला केही महिनाहरूमा गाजाको अवस्थालाई नजिकबाट बुझेको छु। गाजा कब्जा गर्ने र विकास गर्ने योजनामा विश्वका शीर्ष नेताहरूबाट ठूलो समर्थन प्राप्त भएको छ। यो मध्यपूर्वमा शान्ति ल्याउने प्रभावकारी योजना हो।'

ट्रम्पले चाँडै इजरायल, गाजा, साउदी अरेबिया र मध्य पूर्वका अन्य ठाउँहरूको भ्रमण गर्ने पनि जनाए।

ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

हमासले ट्रम्पको प्रस्तावलाई तुरुन्तै अस्वीकार गरेको छ। हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले अमेरिकी राष्ट्रपतिको भनाइ गाजामा अराजकता र तनाव बढाउने कारण बन्ने बताए।

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाम्रा जनताले गाजामा यी योजनाहरू कार्यान्वयन हुन दिने छैनन्। महत्त्वपूर्ण कुरा भनेको हाम्रा जनतामाथिको कब्जा र आक्रमण अन्त्य गर्नु हो, उनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्नु होइन।'

इजिप्ट र जोर्डनले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन्। संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनी प्रतिनिधिले विश्व नेताहरूले प्यालेस्टिनीहरूको इच्छाको सम्मान गर्नुपर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...