मुख्य समाचार
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते

— जाजरकोटमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मध्य पहाडी राजमार्गमा मध्य पहाडी कम्पनीको भे १ क १०५५ नम्बरको टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना सख्त घाइते भएका प्रहरीले जनाएको छ ।


स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । मृतकको परिचय खुलिसकेको छैन ।


दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार, टिपर अनियन्त्रित भएर सडकबाट खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला पार्टीबीच धेरै वर्षसम्म सहमति हुन सके राजनीतिक स्थिरता स्थापित हुने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंगलबार पोखरामा भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भको अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै उनले केपी ओली वा एमालेसँग अविश्वास गर्नुपर्ने ...
— कैलालीको धनगढीबाट दुई जना भारतीय नागरिक र एक नेपाली भरुवा बन्दुकसहित पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका–१९ बाट भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले बताए । उनका अनुसार ...
: सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए। बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं ...
— पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार विवादको दिगो समाधानका लागि गृहमन्त्री रमेश लेखकले आफू सम्बद्ध पार्टी नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल गरेका छन् । सरकार र नो केबलकार समूहबीच वार्ता भइरहँदा लेखकले दिगो समाधानका लागि आफूहरुसँग राय मागेको छलफलमा सहभागी ताप्लेजुङ कांग्रेसका उपसभापति डिल्लीरमण बरालले जानकारी दिए । सहभागी जिल्ला सभापति तथा प्रतिनिधिले ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले त्यस्तो निर्देशन दिएका थिए। वर्तमान अवस्थामा सेवा प्रवाहलाई चुस्तदुरुस्त एवम् छिटो छरितो र प्रभावकारी बनाउनका ...