मुख्य समाचार
स्कटल्यान्डका विभिन्न तीन शहरमा लन्डनस्थित नेपाली दूतावासले घुम्ती सेवा प्रदान
स्कटल्यान्डका विभिन्न तीन शहरमा लन्डनस्थित नेपाली दूतावासले घुम्ती सेवा प्रदान

: स्कटल्यान्डका विभिन्न तीन शहरमा लन्डनस्थित नेपाली दूतावासले घुम्ती सेवा प्रदान गरेको छ। एबरडिन, एडिनबरा र ग्लास्गोमा एक-एक दिन गरी जम्मा तीन दिन चलाइएको घुम्ती डेस्कबाट करिब २ सय नेपालीले लाभ लिएका छन्।


एनआरएनए स्कटल्यान्डको समन्वय र स्थानीय नेपाली संघसंस्थासमेतको सहयोगमा फेब्रुअरी १ तारिखमा एबरडिन, २ तारिखमा एडिनबरा र ३ तारिखमा ग्लास्गोमा सेवा दिइएको थियो। एबरडिनमा ३५, एडिनबरामा ८० र ग्लास्गोमा ७७ जना स्थानीय नेपालीले सेवा लिएको एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले जानकारी दिए।

घुम्ती डेस्कबाट अधिकांशले पासपोर्ट नवीकरणको आवेदन भरेका छन्। अन्यले वारेसनामा, एनआरएनए कार्ड, नयाँ पासपोर्ट, भिसालगायतका सेवा पनि लिएका छन्। संकलित आवेदनमध्ये दूतावासबाटै पूरा हुने कागजातहरू केही दिनभित्रै हुलाकमार्फत सेवाग्राहीलाई पठाइनेछ। नेपाल पठाउनुपर्ने पासपोर्टसहितका आवेदनहरू पनि केही सातामा काम सकिएपछि स्कटल्यान्डसम्मै पुर्‍याइने दूतावासले जनाएको छ।



घुम्ती डेस्क लिएर उपनियोग प्रमुख विपिन दुवाडी नेतृत्वको दूतावासको टोली स्कटल्यान्ड पुगेको थियो। दूतावासको सेवा लिन कम्तीमा २ दिन बिदा मिलाएर आठ दश घण्टाको यात्रा गरी लन्डन जानुपर्ने बाध्यता छ। हवाई मार्ग पनि झन्झटिलो र खर्चिलो छ, एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेले सुनाए, घरदैलोमै आएर दूतावासले सेवा दिँदा निकै सहज भएको छ।

दूतावासका उपनियोग प्रमुख दुवाडीले तीन दिने घुम्ती सेवामा सेवाग्राहीको उत्साहजनक सहभागिता रहेकोमा खुसी व्यक्त गरे। भौगोलिक हिसाबले निकै टाढा र उल्लेख्य संख्यामा रहेको नेपालीको बसोबासलाई ध्यानमा राखेर स्कटल्यान्डमा घुम्ती सेवा दिइएको उनले बताए। आवश्यकताका आधारमा बेलायतका अन्य क्षेत्रमा पनि घुम्ती डेस्कहरू सञ्चालन गर्दै जाने योजना रहेको उपनियोग प्रमुख दुवाडीले जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको ...
: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल ...
: दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको कृषि लाभान्वित परियोजना अन्तर्गत एसजीओटी जीभ लाभान्वित केन्द्रमार्फत आएको थियो। त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, ...
: भारतमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिका-२ लिस्किटाका ४२ वर्षीय बिसा चन्दको भारतको केरलामा रेलको ठक्करबाट मृत्यु भएको हो। रोजगारीको सिलसिलामा भारतमा रहेका चन्दको बुधबार रेलको ठक्करबाट मृत्यु भएको मृतक बिसाका दाजु गणेश बहादुर चन्दले जानकारी दिए। भारतको केरलाबाट बेंगलोर फर्किने क्रममा सो घटना भएको चन्दले बताए।
: इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ। आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए ...