मुख्य समाचार
स्कटल्यान्डका विभिन्न तीन शहरमा लन्डनस्थित नेपाली दूतावासले घुम्ती सेवा प्रदान
स्कटल्यान्डका विभिन्न तीन शहरमा लन्डनस्थित नेपाली दूतावासले घुम्ती सेवा प्रदान

: स्कटल्यान्डका विभिन्न तीन शहरमा लन्डनस्थित नेपाली दूतावासले घुम्ती सेवा प्रदान गरेको छ। एबरडिन, एडिनबरा र ग्लास्गोमा एक-एक दिन गरी जम्मा तीन दिन चलाइएको घुम्ती डेस्कबाट करिब २ सय नेपालीले लाभ लिएका छन्।


एनआरएनए स्कटल्यान्डको समन्वय र स्थानीय नेपाली संघसंस्थासमेतको सहयोगमा फेब्रुअरी १ तारिखमा एबरडिन, २ तारिखमा एडिनबरा र ३ तारिखमा ग्लास्गोमा सेवा दिइएको थियो। एबरडिनमा ३५, एडिनबरामा ८० र ग्लास्गोमा ७७ जना स्थानीय नेपालीले सेवा लिएको एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले जानकारी दिए।

घुम्ती डेस्कबाट अधिकांशले पासपोर्ट नवीकरणको आवेदन भरेका छन्। अन्यले वारेसनामा, एनआरएनए कार्ड, नयाँ पासपोर्ट, भिसालगायतका सेवा पनि लिएका छन्। संकलित आवेदनमध्ये दूतावासबाटै पूरा हुने कागजातहरू केही दिनभित्रै हुलाकमार्फत सेवाग्राहीलाई पठाइनेछ। नेपाल पठाउनुपर्ने पासपोर्टसहितका आवेदनहरू पनि केही सातामा काम सकिएपछि स्कटल्यान्डसम्मै पुर्‍याइने दूतावासले जनाएको छ।



घुम्ती डेस्क लिएर उपनियोग प्रमुख विपिन दुवाडी नेतृत्वको दूतावासको टोली स्कटल्यान्ड पुगेको थियो। दूतावासको सेवा लिन कम्तीमा २ दिन बिदा मिलाएर आठ दश घण्टाको यात्रा गरी लन्डन जानुपर्ने बाध्यता छ। हवाई मार्ग पनि झन्झटिलो र खर्चिलो छ, एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेले सुनाए, घरदैलोमै आएर दूतावासले सेवा दिँदा निकै सहज भएको छ।

दूतावासका उपनियोग प्रमुख दुवाडीले तीन दिने घुम्ती सेवामा सेवाग्राहीको उत्साहजनक सहभागिता रहेकोमा खुसी व्यक्त गरे। भौगोलिक हिसाबले निकै टाढा र उल्लेख्य संख्यामा रहेको नेपालीको बसोबासलाई ध्यानमा राखेर स्कटल्यान्डमा घुम्ती सेवा दिइएको उनले बताए। आवश्यकताका आधारमा बेलायतका अन्य क्षेत्रमा पनि घुम्ती डेस्कहरू सञ्चालन गर्दै जाने योजना रहेको उपनियोग प्रमुख दुवाडीले जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...