मुख्य समाचार
२१औँ वार्षिकोत्सवका अवसरमा ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन सुरु
२१औँ वार्षिकोत्सवका अवसरमा ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन सुरु

— नेपाल टेलिकमले मंगलबार आफ्नो २१औँ वार्षिकोत्सवका अवसरमा ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो सेवाको औपचारिक उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो ।


भ्वाइस ओभर वाइफाई वा ‘भीओवाईफाई’ मार्फत वाइफाई नेटवर्कबाटै भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिने टेलिकमकी प्रबन्ध निर्देशक संगीत पहाडीले जानकारी दिइन् । उनका अनुसार भोवाईफाई सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका जुनसुकै मोबाइल फोनहरूमा यो सेवा उपलब्ध हुनेछ ।


नेपालभित्र रहँदा यो सेवा प्रयोग गर्दा हाललाई साविककै भ्वाइस तथा एसएमएस प्याकेज वा ‘पे एज यु गो’ अनुसार शुल्क लाग्नेछ । विदेशबाट भीओवाइफाई सेवा प्रयोग भने आगमन कल निःशुल्क हुने र बाहिर जाने कलको शुल्क प्रतिमिनेट ३ रुपैयाँ लाग्ने टेलिकमले जनाएको छ ।

मोबाइल नेटवर्क नभएको वा कमजोर रहेका ठाउँमा भीओवाइफाई सेवामा वाइफाईको माध्यमबाट फोन कल गर्न र एसएमएस पठाउन सकिन्छ । मोबाइल कलहरू टुजी, थ्रीजी, फोरजीजस्ता सेलुलर नेटवर्कका माध्यमबाट गरिने भए पनि मोबाइल नेटवर्क कमजोर भएका स्थानहरू सम्पर्कविहीन हुन नपरोस् भनेर भीओवाइफाई सेवा शुरु गरिएको टेलिकमले जनाएको छ ।

'भीओवाइफाई एउटा यस्तो प्रविधि हो जसमार्फत मोबाइल नेटवर्कको कभरेज नभएको ठाउँमा इन्टरनेटको सञ्जालमा आबद्ध कुनै पनि पब्लिक वाइफाई नेटवर्कमा रही मोबाइल नम्बरकै आधारमा भ्वाइस कल र एसएमएस गर्न सकिनेछ,' कार्यक्रममा भनिएको थियो, 'मोबाइल सेवाको पहुँच कमजोर रहेको वा कभरेज नभएको स्थानमा पनि सेवाग्राहीलाई सम्पर्कमा राख्न यो सेवाको विशेष भूमिका रहनेछ ।'

विदेशमा रहेका नेपाल टेलिकमका ग्राहकहरूले पनि यो सेवा प्रयोग गर्न सक्नेछन् । वाइफाई नेटवर्कमा पहुँच भएमा प्रयोगकर्ताले नेपालभित्रै जस्तै फोन कल गर्न र एसएमएस पठाउन सक्नेछन् । टेलिकमले भीओवाइफाई सेवाको सुरुवातसँगै ग्राहकहरूलाई थप सहज र प्रविधिमैत्री सञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टिकटकले आफ्नो अमेरिकी व्यवसायलाई निरन्तरता दिन ह्वाइट हाउससँग सम्झौता गरेको छ। यद्यपि, कम्पनीको अमेरिकी सञ्चालनको जिम्मेवारी कसले लिनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सम्झौतालाई अनुमोदन गरेकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। यो सम्झौताले टिकटकको विश्वव्यापी सञ्चालनबाट अलग एउटा नयाँ अमेरिकी संस्था निर्माण गर्नेछ। यो हाल चीनबाट ...
— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्‍याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी ...
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम