मुख्य समाचार
सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन : अर्थमन्त्री
सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन : अर्थमन्त्री

: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन्।


अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले त्यस्तो निर्देशन दिएका थिए।

वर्तमान अवस्थामा सेवा प्रवाहलाई चुस्तदुरुस्त एवम् छिटो छरितो र प्रभावकारी बनाउनका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब तदर्थवादी ढ‌ंगले चल्ने स्थिति नरहेको बताए।



सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न ‍बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जानसमेत उनले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए। हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने अर्थमन्त्रीको भनाइ छ।

कार्यक्रममा सहभागी निकायका अधिकारीहरूले आ-आफ्नो निकायमा सञ्चालनमा रहेका सूचना प्रविधि सम्बन्धी प्रणालीहरूको आवधिकरुपमा सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए।

साथै सूचनाप्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाई राख्‍न न्यून सेवासुविधाका कारण चूनौतीपूर्ण रहेको बताएका थिए। यस्ता समस्यालाई सम्बोधन गर्नका लागि सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।

बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला पार्टीबीच धेरै वर्षसम्म सहमति हुन सके राजनीतिक स्थिरता स्थापित हुने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंगलबार पोखरामा भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भको अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै उनले केपी ओली वा एमालेसँग अविश्वास गर्नुपर्ने ...
— कैलालीको धनगढीबाट दुई जना भारतीय नागरिक र एक नेपाली भरुवा बन्दुकसहित पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका–१९ बाट भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले बताए । उनका अनुसार ...
: सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए। बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं ...
— पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार विवादको दिगो समाधानका लागि गृहमन्त्री रमेश लेखकले आफू सम्बद्ध पार्टी नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल गरेका छन् । सरकार र नो केबलकार समूहबीच वार्ता भइरहँदा लेखकले दिगो समाधानका लागि आफूहरुसँग राय मागेको छलफलमा सहभागी ताप्लेजुङ कांग्रेसका उपसभापति डिल्लीरमण बरालले जानकारी दिए । सहभागी जिल्ला सभापति तथा प्रतिनिधिले ...
: झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन्। झापाको कन्काई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए। प्रहरीले पाँच राउन्ड गोली चलाएको हो। कनकाईमा दुईजनाले लागूऔषध ...