मुख्य समाचार
सामाजिक सञ्‍जाल विधेयकबारे विरोध हुनु स्वभाविक : सञ्चारमन्त्री
सामाजिक सञ्‍जाल विधेयकबारे विरोध हुनु स्वभाविक : सञ्चारमन्त्री

: सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन आवश्यक परेको बताएका छन्।


मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत एक–अर्कालाई ठोस पुराउने क्रियाकलाप बढ्दै गएकाले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताएका हुन्।

विधेयकका बारेमा विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक रहेको उनको भनाइ छ। उनले राष्ट्रिय एकता खल्बलाउने काम देशद्रोह भन्ने आधारमा दण्ड र सजाय तोकिएको जिकिर गरे । देशका विरुद्ध मनपरी लेख्न पाउनुपर्ने कुरालाई प्रेस स्वतन्त्रता भन्न खोज्ने कुरामा राज्य सहमत नरहेको उनले बताए।



मन्त्री गुरुङले सुसुचित हुने जनताको अधिकार नखोस्ने र जनताको वाक स्वतन्त्रको ग्यारेन्टी सरकारले गर्ने धारणा राखे । अराजकतालाई नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ । त्यस्तै सञ्चारमन्त्री गुरुङले सुशासन र आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याएको र ४७ साल यताकै ठूलो सुधारको प्रयास भएको दावी गरे।

सामाजिक सञ्चालनको दुरूपयोग रोक्न र प्लाटफर्मलाई नियमन गर्न भन्दै सरकारले तयार गरेको विधेयक २०८१ संसदमा दर्ता भएको छ। उक्त विधेयक दर्ता भएसँगै विवाद सुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जनता समाजवादी पार्टी विशेष 'टास्क फोर्स' गठन गरेको छ। तीन दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी उपाध्यक्ष राजकिशोर यादव र तारा विश्वकर्माको संयोकत्वमा छुट्टा-छुट्टै टास्क फोर्स गठन गरिएको पार्टीका महासचिव रामकुमार शर्माले बताए। देशभरिबाट उपत्यकामा बसोबास गर्ने मधेसी समुदाय तथा दलित समुदायहरूको हकहित तथा समस्याबारे पहल ...
: मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको बताए। 'टीकापुर ...
: नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले झापाको कचनकवलबाट अभियानको सुरुवात गर्नेछ। 'फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको छ। उक्त अभियान झापाको कचनकवलबाट सुरु ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री भट्टराईले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्। उनले यसका लागि अहिलेको लगानी पर्याप्त नभएको स्वीकार गरिन्। ‘अहिले शिक्षामा १० प्रतिशत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्न राजी भएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त कुरा खुलासा गरेका हुन्। राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ। मस्कले पनि युएसएआइडीलाई ‘आपराधिक संगठन’ भएको बताए। 'युएसएआइडी एक आपराधिक संगठन हो,' मस्कले आफ्नो ...