मुख्य समाचार
नेपाल टेलिकमले टु जी सेवा बन्द गर्ने
नेपाल टेलिकमले टु जी सेवा बन्द गर्ने

— सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्याण्डमा सञ्चालन भइरहेको टु जी सेवा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यसै आर्थिक वर्षभित्रमा टु जी सेवा बन्द गर्ने योजना रहेको जानकारी दिएको हो ।


मंगलबार टेलिकमको २१ औँ वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले टु जी सेवा बन्द गर्नेबारे जानकारी दिएकी थिइन् । टेलिकमले प्रविधि रूपान्तरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले फोर जीको विस्तारमा प्राथमिकता दिँदै टु जी सेवालाई विस्थापन गर्न लागेको हो ।


हालसम्म देशका ७७ जिल्लाका ७४४ स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा पुगिसकेको प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन् । कम्पनीले वायरलेस ब्रोडब्यान्ड सेवाको पहुँचलाई अझ विस्तार गर्दै आगामी दिनमा थप ३ सय ३३ वटा नयाँ ई नोड बी (बेस स्टेसन) निर्माणका लागि पूर्वाधार तयार गरिसकेको जनाएको छ । थप १२ सय यस्ता पूर्वाधार स्थापनाका लागि आवश्यक उपकरण खरिदको बोलपत्र अन्तिम चरणमा पुगेको पनि उल्लेख गरेको छ ।

प्रबन्ध निर्देशक पहाडीले फाइभ जी सेवा सञ्चालनका लागि उपयुक्त व्यवसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताइन् । 'भविष्यमा सरकारको निर्देशन बमोजिम फाइभ जी प्रविधि भित्र्याउने कम्पनीको योजना छ,' उनले भनिन् ।

हालसम्म नेपाल टेलिकमका इन्टरनेट तथा डेटा सेवाका प्रयोगकर्ताको संख्या २ करोड ११ लाखभन्दा बढी पुगेको कम्पनीले जानकारी दिएको छ । यसमध्ये २ करोड ७ लाख जीएसएम मोबाइल डेटा प्रयोगकर्ता रहेको र फोर जी सेवा प्रयोग गर्ने १ करोड ६४ लाख ग्राहक रहेको पनि कम्पनीले जनाएको छ । नेपाल टेलिकमको एफटीटीएच डेटा सेवाका प्रयोगकर्ता भने ३ लाख छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टिकटकले आफ्नो अमेरिकी व्यवसायलाई निरन्तरता दिन ह्वाइट हाउससँग सम्झौता गरेको छ। यद्यपि, कम्पनीको अमेरिकी सञ्चालनको जिम्मेवारी कसले लिनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सम्झौतालाई अनुमोदन गरेकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। यो सम्झौताले टिकटकको विश्वव्यापी सञ्चालनबाट अलग एउटा नयाँ अमेरिकी संस्था निर्माण गर्नेछ। यो हाल चीनबाट ...
— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्‍याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी ...
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम