मुख्य समाचार
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमति
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमति

— बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमति जुटेको छ । मंगलबार बसेकाे सर्वदलीय बैठकले प्रदेशसभाको बुधबारबाट सुरु हुने बैठक सहजताका साथ अगाडि बढाउने सहमति गरेका हुन् ।


प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको सक्रियतामा हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उठाएका मागहरू अनुकूलता हेरेर पूरा गर्दै जाने सहमति भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।


संसद‍् पनि चलाउँदै लैजाने, बजेटमा सम्बोधन नभएका विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सहमतिको वातावरण निर्माण गर्ने, असोज ११ र १२ गते विपद‍्का समयमा प्रतिपक्षी दलसँग गरिएको सहमति कार्यान्वयनमा लैजाने सहमति भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेलले आफ्ना मागका विषयमा छलफल मात्रै भएको तर सहमति भने नभएको दाबी गरेका छन् । उनले आगामी प्रदेशसभाको बैठकमा अवरोध भने नगर्ने बताए । ‘आगामी प्रदेशसभाको बैठकमा हामी अवरोध गर्दैनौं । तर, सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्छ कि गर्दैन भन्ने हेर्न बाँकी छ,’ उनले भने ।

प्रदेशसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको र बैठकमा संसद‍् सचिवालयमा दर्ता भएका विधेयक पेस गर्ने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

सर्वदलीय बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, नेकपा एमाले संसदीय दलका नेता जग्गनाथ थपलियालगायतको सहभागिता थियो । माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट भए पनि चालु आर्थिक वर्षको बजेटमा विभिन्न माग राख्दै सरकारलाई दबाब दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जनता समाजवादी पार्टी विशेष 'टास्क फोर्स' गठन गरेको छ। तीन दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी उपाध्यक्ष राजकिशोर यादव र तारा विश्वकर्माको संयोकत्वमा छुट्टा-छुट्टै टास्क फोर्स गठन गरिएको पार्टीका महासचिव रामकुमार शर्माले बताए। देशभरिबाट उपत्यकामा बसोबास गर्ने मधेसी समुदाय तथा दलित समुदायहरूको हकहित तथा समस्याबारे पहल ...
: मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको बताए। 'टीकापुर ...
: नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले झापाको कचनकवलबाट अभियानको सुरुवात गर्नेछ। 'फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको छ। उक्त अभियान झापाको कचनकवलबाट सुरु ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री भट्टराईले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्। उनले यसका लागि अहिलेको लगानी पर्याप्त नभएको स्वीकार गरिन्। ‘अहिले शिक्षामा १० प्रतिशत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्न राजी भएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त कुरा खुलासा गरेका हुन्। राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ। मस्कले पनि युएसएआइडीलाई ‘आपराधिक संगठन’ भएको बताए। 'युएसएआइडी एक आपराधिक संगठन हो,' मस्कले आफ्नो ...