मुख्य समाचार
गौरीशंकर संरक्षित क्षेत्रको डढेलो नियन्त्रण बाहिर
गौरीशंकर संरक्षित क्षेत्रको डढेलो नियन्त्रण बाहिर

— गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका–७ सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा जलेको छ । आगो नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय त्रसित छन् ।


३ हजार मिटर उचाइभन्दा माथिबाट सल्केको डढेलो घनाजंगल र खर्कहरूमा फैलिएको गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन स्थानीय समिति मार्वुका अध्यक्ष कुमार गुरुङले बताए । ‘डढेलो नियन्त्रणमा लिन निकै प्रयास गर्‍यौं, तर त्यस क्षेत्रमा जान सकिएन,’ उनले भने, ‘फैलिएर नियन्त्रण बाहिर गएको छ ।’


डढेलो नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासनमा सर्वपक्षीय बैठकसमेत बसेको उनले बताए । डढेलोको धूवाँ बस्तीहरूमा मडारिएको उनले बताए । डढेलोको धूवाँले गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला र उत्तरका गाउँहरू ढाकिँदै गएका छन् । ‘रेडपाण्डाको बासस्थानका रूपमा रहेको निगालोको घनाजंगल डढेलोले सखाप बनाएको छ,’ उनले भने, ‘डढेलो तलतिर झरिरहेको छ, खस्रुको जंगलमा अनियन्त्रित भएर फैलिरहेको छ ।’

चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोमा परेको अनुमान गरिएको छ । डढेलो नियन्त्रणका लागि उक्त क्षेत्रमा थप टोली पठाए पनि भौगोलिक विकटताका कारण नियन्त्रण गर्न नसकी फर्किएको संरक्षण क्षेत्र प्रमुख तुलसीप्रसाद दाहालले बताए । ‘यही रफ्तारमा डढेलो फैलिए संरक्षण क्षेत्रको धेरै भाग जल्नेछ,’ उनले भने, ‘प्रशासनसँग सहयोग मागेका छौं, डढेलोले जंगल र खर्क नष्ट भएको छ ।’ रेडपाण्डा र झारलको बासस्थान पनि रहेको हिमाल नजिकैका खर्कहरूमा डढेलो बढेको दाहालले बताए । ‘मानव बस्तीभन्दा निकै माथि भएकाले नियन्त्रणमा कठिनाइ भएको छ, दुई वटा टोली नियन्त्रणका गए पनि नसकेर फर्किएको छ,’ उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिलाई नियन्त्रणका लागि आग्रह गरेका छौं ।’

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
सबै हेर्नुहोस्
हिमाली क्षेत्रमा तीव्र गतिको हावाका कारण डढेलो अनियन्त्रित भएको उनले बताए । सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आउन नसक्दा त्यसको धूवाँले दोलखाको बिगु गाउँपालिका–६ र ७ प्रभावित बनेको छ । धूवाँका कारण विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएको बिगु–७ आलम्पुस्थित थम्पु माध्यमिक विद्यालयकी प्रधानाध्यापक तुलसी थामीले बताइन् ।

ITPF
Sunrise bank
Nepal Life Insurance
‘सिन्धुपाल्चोकतर्फको डढेलोयता सर्दै आइरहेको छ, धूवाँको मुस्लोले गाउँ ढाक्दै गएको छ,’ उनले भनिन्, ‘धूवाँका कारण आँखा पिरो हुनेलगायतका समस्याले स्थानीय प्रभावित बनेका छन्, कक्षाकोठामा समेत बालबालिकालाई अध्ययनमा समस्या भएको छ ।’

आलम्पु र बिगु सिन्धुपाल्चोकसँग जोडिएका गाउँ हुन् । उताबाट डढेलो आइपुग्ने डरले स्थानीय त्रसित बनेको उनले बताइन् । सिन्धुपाल्चोकतर्फको डढेलो नियन्त्रणको प्रयास भइरहेको संरक्षण प्रमुख दाहालले बताए । ‘सिन्धुपाल्चोकको डढेलो दोलखा आउन नदिन अग्निरेखा कोर्ने काम भइरहेको छ,’ उनले भने, ‘दुवै डढेलो एकै प्रकृतिका भएकाले नियन्त्रणमा कठिनाइ भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जनता समाजवादी पार्टी विशेष 'टास्क फोर्स' गठन गरेको छ। तीन दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी उपाध्यक्ष राजकिशोर यादव र तारा विश्वकर्माको संयोकत्वमा छुट्टा-छुट्टै टास्क फोर्स गठन गरिएको पार्टीका महासचिव रामकुमार शर्माले बताए। देशभरिबाट उपत्यकामा बसोबास गर्ने मधेसी समुदाय तथा दलित समुदायहरूको हकहित तथा समस्याबारे पहल ...
: मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको बताए। 'टीकापुर ...
: नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले झापाको कचनकवलबाट अभियानको सुरुवात गर्नेछ। 'फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको छ। उक्त अभियान झापाको कचनकवलबाट सुरु ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री भट्टराईले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्। उनले यसका लागि अहिलेको लगानी पर्याप्त नभएको स्वीकार गरिन्। ‘अहिले शिक्षामा १० प्रतिशत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्न राजी भएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त कुरा खुलासा गरेका हुन्। राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ। मस्कले पनि युएसएआइडीलाई ‘आपराधिक संगठन’ भएको बताए। 'युएसएआइडी एक आपराधिक संगठन हो,' मस्कले आफ्नो ...