मुख्य समाचार
ओलम्पिक कमिटीको चुनावलाई लिएर प्रश्न
ओलम्पिक कमिटीको चुनावलाई लिएर प्रश्न

— अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ओलम्पिक काउन्सिल (एनओस) को पछिल्लो निर्वाचनलाई लिएर प्रश्न उठाउँदै पूरा घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएका छन् ।


आईओसीको राष्ट्रिय ओलम्पिक समिति सम्बन्ध विभागका जेम्स म्याकलोड र ओसीएका प्रवन्ध निर्देशक हुसेन अल मुसलमले पत्र लेख्दै नयाँ कार्यसमितिलाई वैधानिक मान्यता दिइनसकेको जनाएको छ । जीवनराम श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।


उनी विधान संशोधन गर्दै तेस्रो कार्यकालका लागि नेतृत्वमा आएका थिए । यसक्रममा उठेका कानुनी प्रश्नलाई समाधान गर्न पनि पत्रमा भनिएको छ । पत्रमा ओलम्पिक बडापत्रमा टिकेर सबैलाई मान्य हुने समाधान निकाल्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ । फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने ...
: नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप खेल्ने नेपाली पुरुष यू–१९ टिमको घोषणा गरेको छ। क्यानले अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), दिलसाद अली, अभिषेक तिवारी, किब्रिन श्रेष्ठ, सहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लहार, नितेश पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...