मुख्य समाचार
महिला टी-२० आई शृखंलाको पाँचौं खेलमा पनि नेपाल पराजित
महिला टी-२० आई शृखंलाको पाँचौं खेलमा पनि नेपाल पराजित

: त्रीदेशीय महिला टी-२० आई शृखंलाको पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ। टियु क्रिकेट मैदानमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो।


नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले २ बल अगावै पूरा गरेको हो। नेदरल्यान्ड्सका लागि स्टेर्री कालिजले अविजित ९८ रन बनाइन् भने फेबे मोल्केनबोयरले अविजित ४८ रन बनाइन्।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १४५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन बनाइन्।

यसअघि नदेरल्यान्ड्ससँगको दुई र थाइल्यान्डसँगको दुई खेलमा नेपाल पराजित भएको थियो। नेपालले अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता गरेको छ । केआईईसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विद्यार्थीका लागि २० वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको छ । मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको एनपीएलमा गोर्खाजले आफ्नो जर्सीमा केआईईसीको लोगो राखेर खेल्ने ...
— साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि रक्षा अभियान काठमान्डु गोर्खाजसँग खेलेर गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रकाशित गरेको खेल तालिकाअनुसार मंसिर १ देखि सुरु दोस्रो संस्करणको एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने हुनेछ । जनकपुरले गत वर्ष सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपीएल ...
— सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत ...
: सशस्त्रको एपीएफलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम झापा महिला गोल्डकपको उपाधि उचालेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा सोमबार भएको फाइनल खेलमा पुलिस क्लबले एपीएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधि जितेसँगै पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँसहित ट्रफी पाएको छ। उपविजेतामा चित्त बुझाएको एपीएफले नगद ५ लाख ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ। मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो। यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ। सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो। गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स ...