मुख्य समाचार
महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान
महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान

: महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान मंगलबारदेखि गुल्मीमा पनि सुरू गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको खोप केन्द्रबाट जिल्ला खोप समन्वय समितिका संयोजक द्रोण बहादुर खत्रीले स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गरी खोपको अभियानको शुभारम्भ गरेका हुन् ।


रेसुङ्गाका उपमेयर अमृतादेवी कुँवर, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थामेश्वर घिमिरे, रेसुङ्गा स्वास्थ्य शाखा प्रमुख पिताम्बर पन्थीलगायतका सरोकारवालाहरुको सहभागिता जिल्लाभर खोपको शुभारम्भ हो ।

जिल्ला समन्वय समिति प्रमुख खत्रीले पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियानलाई सफल बनाउन सबैको सहभागिता महत्वपूर्ण रहेको बताए । लक्षित समूहसम्म खोप अभियानलाई पुर्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरी यस अभियानमा लक्षित किशोरीहरू छुट्न नहुने बताए । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त यो खोप प्रभावकारी र सुरक्षित रहेकाले सरकारले देशभर एचपिभी खोप सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनले यो अभियानमा २ नगरपालिका र १० गाउँपालिका भित्रका विद्यालयका किशोरीसंगै लक्षित समूहका बाहिर रहेका कोहीपनि बञ्चित नहुने गरी खोप केन्द्रबाट खोप लगाउन आग्रह गरेका छन् ।



null

क्यान्सर विरुद्धको एचपीभी खोप अभियानलाई सफल बनाउन गुल्मी दरबारगाउँपालिका -४ स्थित रुन्खादह माध्यमिक विद्यालयका किशोरीले कलात्मक रुपमा बनाएको आर्कषक फोटो । तस्बिर : मनोज कार्की

एचपीभी खोप महिलाहरूको पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने भएकाले पनि लक्षित समूहका किशोरीका लागि आवश्यक रहेको रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले बताइन् । यो अभियानलाई सफल बनाउन सबै तहले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । गुल्मीमा यस खोप अभियानलाई सफल पार्नका लागि सबैले आफ्नो ठाउँबाट पहल कदमी उठाउनु पर्ने बताइन ।

स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन पशुपति आचार्यले गुल्मीमा ११ हजार ४ सय ८८ जना किशोरीलाई एचपीभी खोप लगाइने जानकारी दिए । उनले यो वर्ष जिल्लाका १२ वटा स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी लगाइने बताए । किशोरीलाई खोप लगाउनका लागि जिल्लाभर ३ सय ९२ खोप केन्द्र तोकिएको छ । पछिल्लो समय पाठेघरको क्यान्सरका कारण कयौं महिलाको ज्यान गइरहेकाले त्यसको रोकथामका लागि यो खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न थप मदत पुग्ने बताए ।

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार विद्यालय बाहिर रहेका किशोरीलाई पहिचान गरेर यस अभियानमा जोडिने छ । विश्वका ५० भन्दा बढि देशमा यो खोप लगाएको र त्यहाँ खोपका कारण कुनै समस्या नदेखिएकाले ढुक्कका साथ खोप लगाउन उनले आग्रह गरेका छन् । अहिले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको खोप अभियान सबैभन्दा ठूलो मानिएको छ । स्वास्थ्य कार्यालय गुल्मीले माघ २ गतेदेखि ९ गतेसम्म जिल्लाका स्वास्थ्यकर्मी र स्थानीय तहका स्वास्थ्य संयोजकका लागि तालिम प्रदान गरिसकेको छ ।

देशभरका करिब १७ लाख किशोरीहरुलाई यो खोप लगाउने सरकारले लक्ष्य लिइएको छ । एक पटक लगाए हुने यो खोप ९८ प्रतिशत काम गर्ने बताइएको छ । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ । जिल्लामा रहेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीको नामावली स्वास्थ्य संस्थाले सङ्कलन गरेर यो अभियान शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...
। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल ...
— चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि ...
: नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरीका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको हो । उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम