मुख्य समाचार
बेलायतले दुई जना नेपालीलाई निष्कासन
बेलायतले दुई जना नेपालीलाई निष्कासन

: बेलायतले दुई जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन विपरीत प्रवेश गर्ने उनीहरूलाई बेलायतले निष्कासन गरेको हो।


निष्कासनमा पर्नेमा कृति बस्नेत र अशोक बाबु श्रेष्ठ रहेका छन्। गत साता कृतिलाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो भने अशोक बाबुलाई फ्लाई दुबईको विमानबाट काठमाडौं फर्काइएको हो।
अध्यागमन स्रोतका अनुसार कृतिले गैरकानुनी तरिकाले बेलायत प्रवेश गरेका थिए। प्रहरीले नियन्त्रणमा लिएपछि कृतिलाई निष्कासन गरेको स्रोतको भनाइ छ। अशोक बाबलाई भने बेलायत प्रवेश अनुमति नै नदिइ फिर्ता पठाएको हो। बेलायत प्रवेशका लागि कागजातहरू शंकास्पद देखिएपछि अध्यागमन प्रहरीले अशोक बाबुलाई फिर्ता पठाइएको स्रोतको भनाइ छ।



आकर्षक तलब र दलालको प्रलोभनमा परेर नेपालीहरू विदेश अहिले पनि विदेश जाने गर्छन्। तर, सम्बन्धित देशको अध्यागमन कानुन विपरीत त्यहाँ पुगेपछि उनीहरू फिर्ता आउन बाध्यन हुन्छन्। पछिल्लो समय युरोप, अमेरिकासहित दक्षिण कोरिया, जापान, मलेसिया, दुबई, कतारबाट पनि नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...