मुख्य समाचार
नेपाल प्रहरीले दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ
नेपाल प्रहरीले दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ

: नेपाल प्रहरीले दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति कनकाई नगरपालिका–४ मा गोली प्रहार गरी भारतको बिहार राज्य२८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।


उनका अनुसार बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागू औषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उनको भनाई छ। मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथमा प्रतिबन्धित लागू औषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जनता समाजवादी पार्टी विशेष 'टास्क फोर्स' गठन गरेको छ। तीन दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी उपाध्यक्ष राजकिशोर यादव र तारा विश्वकर्माको संयोकत्वमा छुट्टा-छुट्टै टास्क फोर्स गठन गरिएको पार्टीका महासचिव रामकुमार शर्माले बताए। देशभरिबाट उपत्यकामा बसोबास गर्ने मधेसी समुदाय तथा दलित समुदायहरूको हकहित तथा समस्याबारे पहल ...
: मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको बताए। 'टीकापुर ...
: नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले झापाको कचनकवलबाट अभियानको सुरुवात गर्नेछ। 'फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको छ। उक्त अभियान झापाको कचनकवलबाट सुरु ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री भट्टराईले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्। उनले यसका लागि अहिलेको लगानी पर्याप्त नभएको स्वीकार गरिन्। ‘अहिले शिक्षामा १० प्रतिशत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्न राजी भएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त कुरा खुलासा गरेका हुन्। राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ। मस्कले पनि युएसएआइडीलाई ‘आपराधिक संगठन’ भएको बताए। 'युएसएआइडी एक आपराधिक संगठन हो,' मस्कले आफ्नो ...