मुख्य समाचार
भारतबाट गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा
भारतबाट गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा

— भारतबाट गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा देखाएका छन् । व्यापारिक प्रयोजनका लागि माघ १४ मा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आवेदन खुलाएपछि ती कम्पनीले आयातका लागि आवेदन दिएका हुन् ।


विभागले पाएको कोटाअनुसार ९० हजार टनका लागि सूचना प्रकाशन गरेको थियो । इच्छुक फर्म/कम्पनीले ७ दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने थियो । ‘एक साताको समय दिएका थियौं, यस अवधिमा ५८ कम्पनी इच्छुक देखिएका छन्,’ विभागका महानिर्देशक राजन पौडेलले भने, ‘सबै प्रक्रिया पूरा गरेर फागुन पहिलो साताबाटै आयात सुरु हुन्छ ।’


न्यूनतम १ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउने विभागले जनाएको छ । यसरी आयात गर्न फर्म वा कम्पनीको चुक्ता पुँजी कम्तीमा १ करोड रुपैयाँ बराबर हुनुपर्ने विभागको सूचनामा उल्लेख छ ।

‘वाणिज्यले पाएको कोटा ९० हजार टन भएकाले सबै कम्पनीले कम्तीमा १ सय टन आयात अनुमति पाउँछन् । सूचनामा बढीमा १० हजार टन पनि भनिएको छ, त्यसका लागि उद्योगको पुँजी, सरकारलाई बुझाएको राजस्व र आयात गर्ने सम्भावना हेरेर अनुमति दिन्छौं,’ महानिर्देशक पौडेलले भने, ‘भारतले निर्यात प्रतिबन्ध गरेको वस्तु हो, वाणिज्यले कोटा टुंगो लगाएपछि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरेर अनुमति दिन्छौं ।’

गहुँ आयातका लागि नेसनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले वित्तीय स्रोत सुनिश्चितता हुनुपर्ने जनाइएको छ । कोटा प्राप्त भएको मितिले ३ महिनाभित्र आयात गरिसक्नुपर्नेछ । भारतले निर्यात बन्देज लगाए पनि नेपाललाई वार्षिक ५० हजार टन आयातको अनुमति दिएको थियो । उक्त परिमाण अपुग भएपछि गत वर्ष ३ लाख टनको माग गरिएको थियो । भारतले ३ लाखमध्ये २ लाख टन अनुमति दिएको हो ।

२ लाख टनमध्ये वाणिज्यले ९० हजार टन आयात गर्नेछ । १ लाख टन उद्योग विभाग र १० हजार टन साल्ट ट्रेडिङले आयात गर्ने जनाइएको छ । उद्योग विभागले औद्योगिक प्रयोजन र साल्टले व्यापारिक प्रयोजनका लागि आयात गर्नेछन् । उद्योग विभागले पनि १ लाख टन आयात गर्न माघ १५ मा सूचना प्रकाशन गरिसकेको छ । उसले पनि भारतीय कम्पनी नेसनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत आयात गर्न भनेको छ ।

‘गहुँ आयात गर्न प्रचलित कानुनअनुसार दर्ता हुनुपर्‍यो । उद्योगको वार्षिक योजनामा कच्चा पदार्थका रूपमा गहुँ प्रयोग गर्ने उल्लेख हुनुपर्नेछ,’ सूचनामा भनिएको छ, ‘एउटा उद्योगले आफ्नो स्वीकृत वार्षिक योजनाको २५ प्रतिशत नबढ्ने गरी कम्तीमा ५ सय टन आयात गर्नुपर्नेछ ।’




कम्पनीलाई अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोतको सुनिश्चतता भएको आधार पनि पेस गर्नुपर्ने जनाइएको छ । कोटा प्राप्त भएपछि ३ महिनाभित्र गहुँ आयात गरिसक्नुपर्ने उल्लेख छ । भारतले २०७९ वैशाखमा गहुँ निर्यातमा रोक लगाएको थियो । रुस–युक्रेन द्वन्द्वका कारण ‘ब्ल्याक सी’ क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्वभरका खरिदकर्ताले भारतबाट गहुँ किन्न खोजिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । भारतले पनि खाद्य सुरक्षालाई ध्यानमा राखेर निर्यात बन्देज गरेको हो ।

भारतले बन्देज गरेपछि त्यसको असर बजार मूल्यमा परेको छ । खुद्रा व्यापार संघका अनुसार २०७८ फागुनमा गहुँको मूल्य ५० र मौदा ५५ रुपैयाँ थियो । २०७८ चैतमा मूल्य बढेर गहुँ प्रतिकिलो ५५ र मैदा ६० रुपैयाँ पुग्यो । २०८१ माघमा आइपुग्दा गहुँको मूल्य बढेर ७५ रुपैयाँ र ९० रुपैयाँसम्म पुगेको छ । बजारमूल्य नियन्त्रण गर्न सरकारले भारतसँग गहुँ माग गरेको थियो । भारतले २ लाख टन दिने जनाएपछि वाणिज्य र उद्योग विभागले गहुँ आयात गर्न आवेदन खुलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइसक्दा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य किन नघटाएको ? भन्दै प्रश्न उठाए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि मूल्य किन घटाएन र आम नागरिकले किन राहत पाएनन् ...
: भारततर्फको निर्यातमा सिर्जित अवरोधका कारण विगत १० दिनदेखि ठप्प रहेका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू उद्योग खोल्न सहमत भएका हुन्। नेपालबाट भारत निर्यात गरिने तयारी चियालाई भारतीय पक्षले प्रयोगशाला परीक्षणको बहानामा अवरोध पु¥याएपछि करिब ३ ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो । गत आव २०८१/८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् । ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ ...
। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम