मुख्य समाचार
व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थाले
व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थाले

— पाँचखाल नगरपालिका–४ स्थित तामाघाटका भरत दनुवारले बारीको छेउमा काउलीको चाङ लगाएका छन् । व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थालेको छ । लाखौं लगानी गरेको फसल सिजन सकिन लाग्दासमेत बिक्री नभएर कुहिन थालेपछि उनी बिखलबन्दमा छन् ।


‘खेतमै कुहाउनुभन्दा व्यापारीले जति भन्छन्, त्यतिमै दिन खोजेको,’ भरतले भने, ‘भाउ भएको बेला हारालुछ हुन्थ्यो, अहिले त कर गरेरै बोलाउनुपरेको छ ।’ व्यापारीलाई उनीहरूले तोकेकै मूल्यमा नदिए खेतमै कुहाउनुपर्ने अवस्था आएको भरतले सुनाए । ‘दुःख–मिहिनेत र लाखौं लगानी गरेको बाली खेर फाल्न पनि मनले मान्दैन,’ उनले भने ।


चार रोपनीमा दुई लाख खर्च गरेर लगाएको काउली राम्रै फलेको थियो । ‘चार लाखसम्मको बिक्री गर्न सकिन्छ कि भन्ने लागेको थियो,’ भरतले भने, ‘सोचेको जस्तो नहुने रहेछ, अहिले लगानी माटोमै मिल्छ कि भन्ने भएको छ ।’ अर्को बाली लगाउने बेला भइसक्दा पनि काउली बिक्री गर्न सकिएको र यसपालिको जस्तो बिक्री गर्ने दुःख कहिल्यै नभोगेको उनले बताए । यस वर्ष चार रोपनीबाट १६ हजार किलो काउली बिक्री गरिसकेका छन् । तर बिक्री भएको काउलीको मूल्य भने पाएका छैनन् ।

‘अहिलेसम्म चार सय झोला काउली व्यापारीलाई दिइसक्यौं, एक झोलामा ४० केजी काउली हुन्छ,’ भरतले भने, ‘व्यापारीले एक पैसा दिएको छैन, बिक्री भएपछि दिन्छु भनेको छ, बजारमा बिक्नै गाह्रो छ भन्छन् ।’ किलोको २० देखि २५ रुपैयाँसम्म काउली बेच्दा किसानलाई घाटा नहुने उनले बताए । ‘काउली बेच्न झोला र डोरी पनि आफैंले किन्नुपरेको छ, पैसा कहिले आउँछ थाहा छैन, घरव्यवहार कसरी चलाउने भन्ने भएको छ,’ भरतले भने ।

भारतबाट सस्तोमा आयात भइरहेकाले यहाँका किसानले तरकारीको भाउ नपाउनुको मुख्य कारण भएको भरतलाई लागेको छ । तामाघाट फाँटमा गोलभेंडा लगाउने समय भएकाले बेर्ना पनि तयार छ । तर किसानले गोलभेंडा रोप्ने खेतको काउली काट्न पाएका छैनन् । महिना दिनअघि नै काटेर बेचिसक्नुपर्ने काउलीको भाउ पाउने आसमा कुरोका किसान मूल्य झन् घट्न थालेपछि दोधारमा परेका छन् ।

पाँचखाल–४ का सीताराम दनुवारले महिना दिनअघि १०/१२ रुपैयाँमा बिक्री भइरहेका बेला पछि भाउ पाइने आसले कुरेर बसे । ‘लगनका बेला बजारमा माग बढ्ने, मूल्य पनि राम्रो पाइन्छ भन्ने सोचेका थियौं,’ उनले भने, ‘त्यस्तो भएन, झन् काउली सस्तियो, यहाँ त किसानले ३ देखि ५ रुपैयाँसम्ममा बेचिरहेका छन् ।’

कतिपय किसानले मजदुरकै खर्च नउठ्ने भएपछि बिक्री नै नगरेको सीतारामले जनाए । कतिपयले बिक्री भएअनुसार लिने गरी काउलीको मोल नै नगरी व्यापारीलाई दिएका छन् । ‘मूल्य कुर्दा खेतमै काउली कुहिने बेला भइसक्यो,’ उनले भने, ‘अर्कोतिर अर्को बाली लगाउन बितिसक्यो, गोलाभेंडाका बेर्ना तयार भइसके, किसानले तरकारी बेच्ने बेला सधैं यस्तै त हुने हो ।’




पाँचखालका किसानको तुलनामा पनौतीमा थोरै भए पनि मूल्य पाएका छन् । पनौती नगरपालिका–८ मल्पीका शशिकुमार महतले हालसालै १०–१२ रुपैयाँमा काउली बिक्री गरेका छन् । बजारमा माग नभएकाले पनि काउलीको मूल्य सस्तो भएको उनको अनुमान छ । ‘विगतको तुलनामा यो वर्ष धेरै नै सस्तो हो’, उनले भने, ‘यही सिजनमा पोहोर ३०–३५ मा बेचेको थिएँ, यति सस्तोमा बेच्दा किसानलाई त निकै घाटा हुन्छ ।’

तरकारीको सिजनअनुसार मूल्य निर्धारण नगरिँदा आफूहरूले सधैं मार खानुपरेको किसानको गुनासो छ । काउलीसँगै अन्य तरकारीको पनि उचित मूल्य नपाएको किसान बताउँछन् । यति बेला पाँचखालका फाँटैभरि किसान भेटिन्छन् । पाँचखाल–२ का राजाराम मिश्रले खेतबाटै ३५ रुपैयाँ किलोमा आलु बिक्री गरेका छन् ।

‘यो सिजनमा आलुको मूल्य कम्तीमा ४०–४५ हुनुपर्थ्यो,’ उनले भने, ‘यो भाउले त किसानलाई घाटा भइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक तरकारी खेती गर्दै आएकी पनौती–८ स्थित खरीबोटकी इन्दु श्रेष्ठले १६ रोपनीमा १५० वटा टनेल बनाएर गोलभेंडा खेती गरेकी छिन् । दुई/तीन सातायता गोलभेंडाको मूल्य घट्दा २४ किलोको क्रेट ४५० मा बेचिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइसक्दा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य किन नघटाएको ? भन्दै प्रश्न उठाए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि मूल्य किन घटाएन र आम नागरिकले किन राहत पाएनन् ...
: भारततर्फको निर्यातमा सिर्जित अवरोधका कारण विगत १० दिनदेखि ठप्प रहेका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू उद्योग खोल्न सहमत भएका हुन्। नेपालबाट भारत निर्यात गरिने तयारी चियालाई भारतीय पक्षले प्रयोगशाला परीक्षणको बहानामा अवरोध पु¥याएपछि करिब ३ ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो । गत आव २०८१/८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् । ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ ...
। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको ...