मुख्य समाचार
रेजिडेन्ट चिकित्सकले गरे आकस्मिकबाहेकका सेवा बहिष्कार
रेजिडेन्ट चिकित्सकले गरे आकस्मिकबाहेकका सेवा बहिष्कार

— आवासीय (रेजिडेन्ट), मेडिकल अधिकृत र इन्टर्न चिकित्सकले देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानमा बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका छन् । उनीहरूले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा प्रदर्शन पनि गरेका छन् ।



स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध हरेक दिन ३ घण्टा ओपीडी सेवा बहिष्कार गर्दै आएका उनीहरूले पूर्ण रूपमा काम बन्द गर्दा अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनेको छ । काठमाडौं उपत्यकाका चिकित्सकले सेवा बहिष्कार गर्दै माइतीघरमा धर्ना दिएका थिए । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले गत साता गरेको निर्णय खारेज गर्नुपर्ने, इन्टर्न, रेजिडेन्ट चिकित्सकहरूको पारिश्रमिक न्यूनतम सरकारी सरह कायम गर्नुपर्ने माग अघि सारेको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पीजी) लाई निःशुल्कसहित पढाइ पूरा गरेपछि सेवा गर्ने प्रावधान हटाउनुपर्ने र उनीहरूको ड्युटी र बिदाको समय यकिन गर्नुपर्नेलगायत माग पनि समितिले राखेको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसमेत रहेका मन्त्रीद्वयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म मासिक निर्वाह भत्ता निर्णय गरेका थिए । दुई वर्ष काम गर्ने सर्तमा निजी मेडिकल कलेजमा पनि एमडी, एमएसलगायतका विषय निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गर्ने निर्णय भएको थियो । आवासीय चिकित्सकहरूले उक्त निर्णय मान्य नहुने बताएका छन् । चिकित्सकहरूको अपमान हुने किसिमको निर्णय भएको उनीहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अत्यावश्यक सेवा नै रोकेर आन्दोलन गर्नु अनुचित रहेको बताए । ‘केही रेजिडेन्टले मात्रै सेवा बहिष्कार गरेकाले सेवा पूर्ण रूपमा रोकिएको छैन । अस्पतालहरूसँग बुझिरहेका छौं,’ उनले भने । यसलाई वार्ताबाटै समाधान गर्न स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको र प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले पनि चासो दिइरहेको उनको भनाइ छ । ‘रेजिडेन्ट डाक्टरहरूको मागप्रति हाम्रो पनि सहमति हो । मध्यमार्गी बाटो खोजेर भत्तासम्बन्धी निर्णय भयो । अर्कातर्फ निजी मेडिकल कलेजहरूको पनि असन्तुष्टि छ,’ डा. बुढाथोकीले भने ।

सरकारी मेडिकल कलेजमा आठौं तहसरह निर्वाह भत्ता (मासिक ४८ हजार) पाउनुपर्ने र ड्युटीको समयावधि तोकिनुपर्ने आवासीय चिकित्सकहरूको माग छ । मन्त्री पौडेल र भट्टराईले पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३५ हजार निर्वाह भत्ता दिन कानुनी व्यवस्था गर्ने निर्णय गरेका थिए । तर उक्त निर्णयका कारण श्रमशोषण हुने आवासीय चिकित्सकहरूको गुनासो छ । मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई श्रम ऐनले तोकेभन्दा बढी समय काम लगाउने गरेकाले ड्युटीको समयावधि तोकिनुपर्ने पनि उनीहरूको माग छ ।




संघर्ष समितिले अघि सारेको मागपत्रमा सातामा अधिकतम ८० घण्टा ड्युटी, साप्ताहिक रूपमा अधिकतम २ पटक २४ घण्टे ड्युटी, प्रत्येक ड्युटीपछि बिदा, प्रसूति बिदा, वार्षिक २१ दिन साधारण र ७ दिन अध्ययन बिदाको व्यवस्था हुनुपर्ने उल्लेख छ । साप्ताहिक बिदाको व्यवस्था गर्न पनि माग गरिएको छ । माग पूरा नभएसम्म रेजिडेन्ट चिकित्सकहरू काममा नफर्कने संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले बताए । ‘सांकेतिक रूपमा दैनिक ३ घण्टा ओपीडीमा काम नगर्दा सरकारले सुनेन । अहिलेसम्म पनि कुनै सकारात्मक प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘सेवा नै बन्द गरेर आन्दोलनमा उत्रन बाध्य भयौं ।’ सेवा बन्द भएपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी भएको समेत समितिले जनाएको छ ।

समितिले दुई वर्षअघि पनि आन्दोलन गरेर सरकारीसरह भत्ता दिन माग राखेको थियो । त्यतिबेला संघर्ष समिति र स्वास्थ्य मन्त्रालयबीच मागअनुसार नै निर्वाह भत्ता दिने सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई पठाएको थियो । आयोगले तोकिएको निर्वाह भत्ता दिए मात्र निजी मेडिकल कलेजमा सिट निर्धारणको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि सञ्चालकहरूले आपत्ति जनाएका थिए । मेडिकल कलेज सञ्चालकहरूको असन्तुष्टिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले टुंगोमा पुर्‍याउन मन्त्रीद्वयलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...
। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल ...
— चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि ...
: नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरीका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको हो । उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम