मुख्य समाचार
अमेरिकी विदेश विभागले पानामा नहरबाट गुज्रने अमेरिकी पानी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने
अमेरिकी विदेश विभागले पानामा नहरबाट गुज्रने अमेरिकी पानी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने

: अमेरिकी विदेश विभागले पानामा नहरबाट गुज्रने अमेरिकी पानी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने जनाएको छ। यसले वर्षेनी अमेरिकाको लाखौं डलर बचत हुने अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।


राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि अमेरिकी जहाजले शुल्क बिना पनामा नहरबाट जान अनुमति पाएको हो।

अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछिको पहिलो भाषणमा नै ट्रम्पले चीनले फेरि पनामा नहर सञ्चालन गरिरहेको दाबी गरेका थिए।



ट्रम्पले पनामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूलाई लिइने भारी शुल्क बल प्रयोग गरेर भए पनि फिर्ता लिने धम्की पनि दिएका थिए।

उनले भनेका थिए, 'चीनले पानामा नहर सञ्चालन गरिरहेको छ। हामीले यो चीनलाई दिएका छैनौं। हामीले यो पानामालाई दिएका थियौं। फेरि फिर्ता लिने छौं।'

८२ किलोमिटर लामो पानामा नहर मध्य अमेरिकाको मध्य भागबाट बग्छ। यो प्रशान्त र एट्लान्टिक महासागरहरूलाई जोड्ने मुख्य कडी हो।

प्रत्येक वर्ष लगभग १४,००० पानी जहाजहरूले यस नहरलाई सर्टकटको रूपमा प्रयोग गर्छन्। नहर बन्नुअघि ती जहाजहरूले दक्षिण अमेरिका हुँदै लामो र महँगो यात्रा गर्नुपर्थ्यो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ब्रिक्स देशका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आइपुगेका रूसी विदेशमन्त्री सर्गेई लाभरोभले भारत र रुसबीचको सम्बन्ध अटुट रहेको बताएका छन् । दुई देशबीचको दूरी बढ्नु असम्भव रहेको र यसको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । पत्रकारहरूसँगको कुराकानीमा विदेशमन्त्री लाभरोभले भारत र रुसको सम्बन्धलाई कुनै एउटा शब्दमा मात्र सीमित गर्न कठिन हुने उल्लेख गरे ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको छ । यस भ्रमणलाई हतियार कटौतीका विषयमा वार्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । हालैका वर्षहरूमा चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । सीएनएनको एक अनुसन्धानका अनुसार चीनले आणविक हतियार उत्पादन केन्द्रहरू निर्माण गर्न गाउँ ...
: भारतको एक चार सदस्यीय परिवार आफ्नै घरमा मृत फेला परेको लगभग तीन हप्ता बितिसक्दा पनि अनुसन्धानकर्ताहरूले वास्तवमा के हो भन्ने पत्ता लगाउन सकेका छैनन् । अब्दुल्लाह, उनकी पत्नी नसरीन र दुई छोरी आयशा तथा जैनब अप्रिल २५ मा मुम्बईको पायधोनी क्षेत्रमा रहेको घरमा मृत फेला परेका थिए । घटनाको समाचार सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमहरूले ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् । अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् । रोचक कुरा के छ भने, चीनले उनलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो । बेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी ...
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...