मुख्य समाचार
बंगलादेशमा फेरि भड्कियो हिंसा
बंगलादेशमा फेरि भड्कियो हिंसा

: अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै शहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।


प्रदर्शनकारीले पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान 'बंगबंधु' को ढाकास्थित धनमन्डी-३२ मा रहेको निवासमा तोडफोड तथा आगजनी गरेका छन्।

त्यस्तै खुलनामा शेख हसिनाका काकाका छोराहरु शेख सोहेल, शेख ज्वेलको घर बुलडोजरले भत्काइएको छ। सामाजिक सञ्जालमा 'बुलडोजर र्‍याली' को घोषणा भएपछि हिंसा भएको थियो। आक्रमण हुँदा सुरक्षाकर्मी पनि उपस्थित भएको तर भीड नियन्त्रणमा लिन नसकिएको जनाइएको छ।



बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका जनाइएको छ।

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि हिंसा सुरु भएको थियो। बंगलादेशको अग्रणी अखबार 'द डेली स्टार' मा सामाजिक सञ्जालमा भाइरल पोस्टहरू अनुसार शेख हसिनाको 'बंगलादेश विरोधी गतिविधि' का कारण यो विरोध प्रदर्शन गरिएको उल्लेख गरेको छ।

शेख हसिनाका विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले के गरे?

प्रदर्शनकारीले शेख हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा शेख हसिनाले फेसबुक मार्फत बोल्ने जनाइएको थियो। कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो।

यो कार्यक्रमको खबर फैलिने बित्तिकै प्रदर्शनकारीहरूले 'बुलडोजर प्रदर्शन' को आह्वान गरेका थिए। उक्त प्रदर्शन राती ९ बजे बाट सुरु हुने जनाइएको थियो।

तर बेलुका ८ बजे नै भेदभाव विरोधी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहको अपीलपछि, बेलचा र हथौडा लिएर सयौं प्रदर्शनकारीहरू धनमण्डी-३२ मा प्रवेश गरे।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्र बिगारे।

राती ९:३० बजे भवनमा आगो लागेको थियो। अनि मध्यरात हुनुभन्दा केही समय अगाडि डोजर त्यहाँ आइपुगे। यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइयो।

एक प्रदर्शनकारीले उनीहरूले संग्रहालयमा परिणत भएको घरलाई 'फासीवाद' को प्रतीक भएकोले जलाउन चाहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामग्रीमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने नयाँ घोषणा गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गर्ने ट्रम्पको निर्णय नियमविपरीत रहेको फैसला सुनाएपछि ट्रम्पले नयाँ घोषणा गरेका हुन् । अदालतले आईईईपीएअन्तर्गत नयाँ कर तोक्ने अधिकार राष्ट्रपतिसँग नभएर कंग्रेससँग हुने फैसला सुनाएको ...
: बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली दिएका छन्। उनीसँगै बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन र प्रधानमन्त्री तारिक रहमान पनि श्रद्धाञ्जली दिन पुगेका थिए। श्रद्धाञ्जली २० र २१ फेब्रुअरीको रात १२ बजेपछि गरिएको थियो। २१ फेब्रुअरीलाई बंगलादेशमा भाषा आन्दोलनका शहीद स्मरण दिवसका रूपमा मनाइन्छ। ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एआई मानव केन्द्रित र धनी–गरिब सबैका लागि हुनुपर्ने बताएका छन्। नयाँ दिल्लीमा बिहीबार एआई इम्प्याक्ट समिटको उद्‍घाटन गर्दै प्रधानमन्त्री मोदीले एआई प्रविधिलाई देशका सबै नागरिकसम्म लोकतान्त्रिक रूपमा पहुँचयोग्य बनाउनुपर्ने बताएका हुन्। ‘म तपाईंहरु सबैलाई विश्वकै ऐतिहासिक एआई समिटमा स्वागत गर्छु। भारत विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रतिभाको केन्द्र हो। ग्लोबल साउथका लागि ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। उनले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले पहिलो पटक प्रदर्शनीमा मारिनेको संख्या सार्वजनिक गरेका हुन्। यसका साथै उनले कुराकानीको क्रममा ८ सय भन्दा बढीलाई फासीको सजाय समेत दिने तयारी भएको तर अमेरिकाको कडा चेतावनी पछि उक्त ...
: बेलायती सरकारले एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई राजकीय उत्तराधिकारकाे लाइनबाट हटाउन कानून ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री ल्यूक पोलार्डले बीबीसीसँग कुरा गर्दै एन्ड्रयूलाई कहिल्यै राजा बन्न नसक्ने गरी उत्तराधिकारबाट हटाउनु सही कदम हुने बताए । सार्वजनिक पदमा दुर्व्यवहार गरेको आरोपमा बिहीबार मात्रै एन्ड्रयुलाई हिरासतमा लिई ११ घण्टा लामो सोधपुछ पछि अनुसन्धानकै दायरामा रहने गरी रिहा गरिएको ...