मुख्य समाचार
फिलिपिन्सको संसद्ले भ्रष्टाचारको आरोप लागेकी उपराष्ट्रपति सारा डुटेर्टेलाई महाभियोग लगाउने पक्षमा मतदान
फिलिपिन्सको संसद्ले भ्रष्टाचारको आरोप लागेकी उपराष्ट्रपति सारा डुटेर्टेलाई महाभियोग लगाउने पक्षमा मतदान

— फिलिपिन्सको संसद्ले भ्रष्टाचारको आरोप लागेकी उपराष्ट्रपति सारा डुटेर्टेलाई महाभियोग लगाउने पक्षमा मतदान गरेको छ । संसद्‌मा बुधबार भएको मतदानमा प्रतिनिधिसभाका कुल ३ सय ६ सदस्यमध्ये २ सय १५ जनाले महाभियोगको पक्षमा मतदान गरेका बीबीसीले जनाएको छ ।


पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारालाई सार्वजनिक कोषमा करोडौं डलरको दुरुपयोग गरेको र राष्ट्रपति फर्डिनान्ड बोङबाोङ मार्कोस जूनियरको हत्याका लागि धम्की दिएको आरोप लगाइएको छ ।

उपराष्ट्रपति साराले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् । आफू राजनीतिक प्रतिशोधको शिकार भएको उनको दाबी छ । पछिल्लो कदमलाई मार्कोस र डुटेर्टे परिवारबीचको झगडा थप चर्किएको देखिएको छ । दुई पक्षबीचको तनावले राष्ट्रिय राजनीति र अन्य मुद्दालाई किनारमा पारेको छ ।

साराविरूद्धको महाभियोगबारे २४ सदस्यीय सिनेटले अन्तिम निर्णय लिने जनाइएको छ । सिनेटबाट दोषी ठहरिएको खण्डमा सारा उपराष्ट्रपति पदबाट हट्नेछिन् र उनी फिलिपिन्सको इतिहासमै महाभियोग लाग्ने पहिलो उपराष्ट्रपति हुनेछन् । सिनेटको निर्णय नआएसम्म भने उनी पदमा रहिरहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...