मुख्य समाचार
बंगलादेशमा फेरि हिंसा सुरु शेख हसिनाका पिता शेख मुजीबुर्ररहमानको ढाकाको धानमण्डीस्थित घर भत्काउन मेसिनको प्रयोग गर्दै प्रदर्शनकारीहरू
बंगलादेशमा फेरि हिंसा सुरु शेख हसिनाका पिता शेख मुजीबुर्ररहमानको ढाकाको धानमण्डीस्थित घर भत्काउन मेसिनको प्रयोग गर्दै प्रदर्शनकारीहरू

— बंगलादेशमा फेरि हिंसा सुरु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीले बुधबार राति उनका पिता शेख मुजीबुर्रहमानको ढाकास्थित घर धानमण्डी–३२ मा आगो लगाएर ध्वस्त पारेका छन् ।


प्रदर्शनकारीले बुधबार मध्यरात र बिहीबार देशभर शेख हसिनाको पार्टी अवामी लिगका नेताहरुका घरमा तोडफोड गर्दै मुजीबुर्रहमानको भित्तेचित्र विकृतसमेत गरेका छन् ।


भारतमा रहेकी हसिनाको एक अनलाइन कार्यक्रम सुरु हुनुअघि उक्त हिंसा सुरु भएको हो । बंगलादेशको प्रमुख अखबार ‘द डेली स्टार’ले लेखेको छ, ‘सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार उक्त प्रदर्शन हसिनाको बंगलादेशविरोधी गतिविधिका कारण गरिएको हो ।’

शेख हसिनाका विरोधीले भारतमा बसेर हसिनाले बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाड्नुपरेको थियो । उनी गत अगष्ट ५ मा भारत पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको दिल्लीस्थित लाल किला मेट्रो स्टेशन नजिकै एउटा कारमा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनामा कम्तीमा २४ जना घाइते भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै एजेन्सीहरूले जनाएका छन्। कारमा भएको विष्फोटले त्यस वरपर रहेका अन्य तीन/चार कारमा पनि क्षति पुर्‍याएको थियो। मेडिकल सुपरिटेन्डेन्ट लोक नायक जय प्रकाश नारायणका अनुसार अस्पताल पुर्‍याउनु अगाडि ...
— अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो । यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र ...
अमेरिकामा तीव्र गतिमा गुडिरहेको कार बारमा ठोक्कियो, ४ जनाको मृत्यु
: अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ। इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि सार्ने प्रयास गरेको आरोप लगाएको छ। अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,'इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने बताएका छन्। ट्रम्पको निर्णय दक्षिण अफ्रिकामा गोरा मानिसमाथि दमन भइरहेको दाबीबाट उत्पन्न भएको हो। तर यी दाबीलाई व्यापक रूपमा झूटा र आधारहीन मानिएको छ। अमेरिकी राष्ट्रपतिले यो बैठक दक्षिण अफ्रिकामा आयोजना हुनु एकदमै लज्जास्पद भएको बताए। यस महिनाको अन्त्यमा जोहानेसबर्गमा जी–२० ...