मुख्य समाचार
बंगलादेशमा फेरि हिंसा सुरु शेख हसिनाका पिता शेख मुजीबुर्ररहमानको ढाकाको धानमण्डीस्थित घर भत्काउन मेसिनको प्रयोग गर्दै प्रदर्शनकारीहरू
बंगलादेशमा फेरि हिंसा सुरु शेख हसिनाका पिता शेख मुजीबुर्ररहमानको ढाकाको धानमण्डीस्थित घर भत्काउन मेसिनको प्रयोग गर्दै प्रदर्शनकारीहरू

— बंगलादेशमा फेरि हिंसा सुरु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीले बुधबार राति उनका पिता शेख मुजीबुर्रहमानको ढाकास्थित घर धानमण्डी–३२ मा आगो लगाएर ध्वस्त पारेका छन् ।


प्रदर्शनकारीले बुधबार मध्यरात र बिहीबार देशभर शेख हसिनाको पार्टी अवामी लिगका नेताहरुका घरमा तोडफोड गर्दै मुजीबुर्रहमानको भित्तेचित्र विकृतसमेत गरेका छन् ।


भारतमा रहेकी हसिनाको एक अनलाइन कार्यक्रम सुरु हुनुअघि उक्त हिंसा सुरु भएको हो । बंगलादेशको प्रमुख अखबार ‘द डेली स्टार’ले लेखेको छ, ‘सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार उक्त प्रदर्शन हसिनाको बंगलादेशविरोधी गतिविधिका कारण गरिएको हो ।’

शेख हसिनाका विरोधीले भारतमा बसेर हसिनाले बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाड्नुपरेको थियो । उनी गत अगष्ट ५ मा भारत पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...