मुख्य समाचार
कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला
कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला

— धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना बुधबार राति मृत फेला परेका छन् । डेढ वर्षका भतिजाको उपचारका क्रममा उनी अस्पतालमा कुरुवा बसेका थिए ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराका अनुसार राना बुधबार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।


शौचालय गएका उनी धेरै बेरसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक गरेको छ। यससँगै अस्पतालको अनलाइन ओपीडी दर्ता सेवा आईओएस प्रयोगकर्ताले पनि लिन सक्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध रहेको एपलाई विस्तार गर्दै आईफोनमा पनि उपलब्ध गराएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ ले बताए ...
: धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन। भवन तयार भइसके पनि सेवा सुरु हुन नसक्दा स्थानीयस्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन् । जनप्रतिनिधिबीचको असमझदारी, कर्मचारीबीचको आन्तरिक विवाद तथा निर्माण प्रक्रियामा देखिएका केही ढिलाइका कारण सेवा सञ्चालनमा समय लागेको स्थानीयले बताएका छन् । २०७७ साल मंसिर १५ गते ...
बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा पुष्टि भएसँगै संक्रमितको संख्या सात पुगेको छ
। जुम्लामा सुत्केरी भएर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरिएकी महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । उपचारको क्रममा राति ...
— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिका रहने गरेको बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको ...