मुख्य समाचार
ट्वान्टी-२० क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित
ट्वान्टी-२० क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित

— नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा बिहीबार थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित गरेपछि उपाधिको निर्णय अन्तिम दिनको खेलमा पुगेको छ ।


नेदरल्यान्ड्सले १ सय १० रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको थियो । टोलीले अन्तिम ओभरमा ८ रन बनाउदै स्मरणीय विजय हात पारेको थियो । सिल्भर सिगर्सले अन्तिम बलमा २ रन बनाउदै विजयी रन बटुलेकी थिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ९ रन बनाएको थियो ।


थाइल्यान्ड र नेदरल्यान्ड्स दुवैले समान ५ विजय हात पारेका छन् । नेदरल्यान्ड्सले सबै ६ खेल खेलिसकेको छ भने थाइल्यान्डले शुक्रबार अन्तिम दिनको खेलमा नेपालसँग खेल्दै छ । नेपाललाई पराजित गरेमा थाइल्यान्ड विजेता बन्ने छ । तर नेपालले विजय हात पारेमा नेदरल्यान्ड्स थाइल्यान्डबीचको खेल नेट रनरेटका आधारमा निर्णय हुनेछ ।
सहभागी टोलीले एक अर्कासँग ३–३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई पहिलो पटक पराजित गरेको हो । नेदरल्यान्ड्सले यसअघिका ५ खेलमा ३ जित र हार बेहोरेको थियो । टोलीको तीनै जित नेपालसँग रहेको छ भने दुवै हार थाइल्यान्डसँग रहेको छ ।

फेब मोलकेनबोइरले ४२ बलमा २ चौकाको मद्दतमा ३२, रोबिन रिज्केले २१ बलमा १ चौका प्रहार गरि २० र स्टेर कालिसले १४ रन बनाई नेदरल्यान्ड्सलाई विजयी बनाए । थाइल्यान्डबाट थिपत्चा पुथावोङले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई विजयी बनाउन सकिनन् । ओनिचा कामचोम्फुले ४ ओभरमा १९ रन खर्चेर ३ र फनिता मायाले २ विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गर्नेक्रममा अफिसरा सुवानचोनराथी शुन्य, नानापात कोन्चारोइन्काई ३ र नताया बुचाथन ६ रनमा आउट भएपछि थाइल्यान्डले पाँचौँ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । त्यसपछि कप्तान नारुइमोल चाइवाईले १५ रन बनाइन् ।

नाथाकन चानथमले चानिदा सुथिरुएङसँग पाँचौं विकेटमा ६६ रनको महत्त्वपूर्ण साझेदारी गरे । सुथिरुएङले २८ बल खेली ४ चौकासहित ३२ रन बनाइन् । चानथम ४६ बल खेलि ४ चौका र १ छक्का प्रहार गरी ३६ र सुवानान खिएटोले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस विलिङले ४ ओभरमा ९ रनमात्र खर्चेर ३ र हिथर सिगर्सले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे । हारले लिभरपुल ३६ अंकमा चौथोमा रह्यो र उसको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ । त्यस अगाडि म्यानचेस्टर सिटीले उल्भ्सलाई २–० ले पराजित गरेको थियो । ...
— केयलिन एमबापेले गरेको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार भिल्लारियललाई २–० ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ । अल्भारो अरबेलोआको टिमलाई शीर्षमा दुई अंकको अग्रता प्राप्त छ । रियलको ५१ अंक भएको छ । बार्सिलोना ४९ अंकमा दोस्रो स्थानमा छ र उसले अब आइतबार हुने खेलमा अंक तालिकाको पुछारतिर रहेको रियल ओभिएडोको ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले भारत र श्रीलंकामा संयुक्तरुपमा आयोजना हुने टी-२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ। बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसीसीले वरीयतामा माथि रहेको स्कटल्यान्डलाई अवसर प्रदान गरेको हो। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा सुरक्षा चुनौतीका कारण आफ्ना खेलहरू श्रीलंकामा खेल्न पाउनुपर्ने माग राख्दै आएको थियो। तर, आइसिसीले भारतमा कुनै पनि किसिमको ...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह बी अन्तर्गत रहेको नेपालले जिम्बावेलाई हराउँदै पहिलो जित दर्ता
— एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पुरुषतर्फ शनिबार सम्पन्न खेलमा गण्डकीले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो । खेलमा गण्डकीले पहिलो सेट २५–१३, ...