मुख्य समाचार
क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई पक्राउ
क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई पक्राउ

: पर्सामा जारी महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


पक्राउ पर्नेहरूमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३५ वर्षीय प्रमोद पटेल र अर्का युवक मन्जय गिरी रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ।

माघ २२ देखि पर्सामा पनि जारी एचपीभी खोप अभियान अन्तर्गत पोखरिया–१ बनकटवास्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्थापना गरिएको खोप केन्द्रमा बिहीबार पुगेका पटेलले कक्षा ३ मा पढ्ने आफ्नी छोरीलाई उक्त खोप लगाउन दबाब दिएका थिए।



तर खोप केन्द्रका इन्चार्जसमेत रहेका अहेब शोशील कुमार महतोले अभियान अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका बालिका र किशोरीलाई मात्र एचपीभी खोप लगाइने भएकाले पटेलककी छोरी उक्त लक्षित उमेर समूहमा नपर्ने भन्दै खोप लगाउन अस्वीकार गरेका थिए। त्यही निहुँमा पटेल र गिरीले अहेब महतो र वडा कार्यालयका सचिवलाई गाली गलौज गर्दै हातपात गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।

खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी र वडा सचिवमाथि हातपात भएपछि प्रहरीलाई खबर गरिएको र प्रहरीले पटेल र गिरी दुवैलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी गराए।

स्वास्थ्यकर्मी र वडा सचिवमाथि हातपात गर्ने दुबै जनालाई नेपालको प्रचलित कानुन अनुसार कारबाही हुनुपर्ने आफूहरूको माग रहेको ठाकुरले बताए। हातपात गर्नेहरूलाई कारबाही नगरिए खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल खस्किने भन्दै उनले यसले खोप अभियानमै असर पनि पर्न सक्ने बताए। ठाकुरले भने,‘यदि दोषीहरूलाई कानुनअनुसार कारबाही भएन भने स्वास्थ्य कार्यालयले खोप अभियानमा असहयोग गर्ने व्यक्ति वा निकायविरुद्ध कारबाहीका लागि माथिल्लो निकायमा पत्राचार गर्छ।’

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने आरोपित दुवै व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए। पीडित पक्षले लिखित जाहरी दिएपछि जाहेरीमा उल्लेख कसुर अनुसार नेपालको प्रचलित कानुन बमोजिमको मुद्दा दर्ता गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपीशर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित
नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ । ‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम