मुख्य समाचार
क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई पक्राउ
क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई पक्राउ

: पर्सामा जारी महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


पक्राउ पर्नेहरूमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३५ वर्षीय प्रमोद पटेल र अर्का युवक मन्जय गिरी रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ।

माघ २२ देखि पर्सामा पनि जारी एचपीभी खोप अभियान अन्तर्गत पोखरिया–१ बनकटवास्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्थापना गरिएको खोप केन्द्रमा बिहीबार पुगेका पटेलले कक्षा ३ मा पढ्ने आफ्नी छोरीलाई उक्त खोप लगाउन दबाब दिएका थिए।



तर खोप केन्द्रका इन्चार्जसमेत रहेका अहेब शोशील कुमार महतोले अभियान अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका बालिका र किशोरीलाई मात्र एचपीभी खोप लगाइने भएकाले पटेलककी छोरी उक्त लक्षित उमेर समूहमा नपर्ने भन्दै खोप लगाउन अस्वीकार गरेका थिए। त्यही निहुँमा पटेल र गिरीले अहेब महतो र वडा कार्यालयका सचिवलाई गाली गलौज गर्दै हातपात गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।

खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी र वडा सचिवमाथि हातपात भएपछि प्रहरीलाई खबर गरिएको र प्रहरीले पटेल र गिरी दुवैलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी गराए।

स्वास्थ्यकर्मी र वडा सचिवमाथि हातपात गर्ने दुबै जनालाई नेपालको प्रचलित कानुन अनुसार कारबाही हुनुपर्ने आफूहरूको माग रहेको ठाकुरले बताए। हातपात गर्नेहरूलाई कारबाही नगरिए खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल खस्किने भन्दै उनले यसले खोप अभियानमै असर पनि पर्न सक्ने बताए। ठाकुरले भने,‘यदि दोषीहरूलाई कानुनअनुसार कारबाही भएन भने स्वास्थ्य कार्यालयले खोप अभियानमा असहयोग गर्ने व्यक्ति वा निकायविरुद्ध कारबाहीका लागि माथिल्लो निकायमा पत्राचार गर्छ।’

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने आरोपित दुवै व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए। पीडित पक्षले लिखित जाहरी दिएपछि जाहेरीमा उल्लेख कसुर अनुसार नेपालको प्रचलित कानुन बमोजिमको मुद्दा दर्ता गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई ...
। गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर खोप लगाइएको हो । अभियानले समुदायमा फैलिन सक्ने घातक रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमको ...
— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ । नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एसोसिएसन फ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल-अफिन, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई पत्र जारी गर्दै गत ...
। खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको ...
— सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारले थालेको कार्ययोजना अनुसार क्षयरोग नियन्त्रणका लागि प्रत्येक वर्ष स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गर्दै आएका छन् । जिल्लामा सामूहिक रुपमा क्षयरोग पहिचान र उपचारका लागि ५८ स्थानमा डट्स सेन्टर, ५ स्थानमा डिएमसी सेवा र जिल्ला अस्पतालमा एक जना विज्ञले सेवा दिइरहेका छन् । ...