मुख्य समाचार
टोटनहामलाई ४-० को अन्तरले हराउँदै लिभरपुल फाइनलमा
टोटनहामलाई ४-० को अन्तरले हराउँदै लिभरपुल फाइनलमा

। लिभरपुल इंग्लिस फुटबल लिग (ईएफएल) कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगको खेलमा टोटनहामलाई फराकिलो अन्तरले हराउँदै लिभरपुल फाइनलमा पुगेको हो ।

पहिलो लेगमा १-० ले पराजित भएको लिभरपुलले दोस्रो लेगमा ४-० को फराकिलो जित निकालेको हो । लिभरपुलको जितमा कोडी गाक्पो, मोहमद सालाह, डोमिनिक सोबोस्लाइ र भर्जिल भान डाइकले १-१ गोल गरे ।




३४औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

७५औं मिनेटमा सोबोस्लाइले गोल गरेपछि लिभरपुल ३-० ले अगाडि बढ्यो । ८०औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुलको ४-० को जित पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबललाई पुननिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको थियो । यसै सन्दर्भमा मन्त्री पोखरेलले उक्त टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा एक प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले खेलकुदका सरोकारवाला लगायत पूर्वखेलाडीसँग छलफल भइरहेको र नेपाली फुटबललाई ‘रिबिल्ड’ गर्ने प्रतिबद्धता ...
। स्विट्जरल्यान्ड समूह ‘बी’ को समूह विजेता बन्दै फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डले ३ खेलबाट ७ अंक जोड्यो । पराजित भएको क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश ...
। कतारलाई हराएपनि बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’को शीर्ष २ मा पर्न सकेन । यद्यपि तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने उसको बढी देखिएको छ । बिहीबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलको अन्तरले जित निकालेको हो । बोस्निया एन्ड हर्जगोभिनाले ३ खेलमा १ जित र १ बराबरीसहित ४ अंक जोडेको छ । हरेक समूहका ...
। क्यानडा पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डसँग पराजित भएपनि घरेलु टोली विश्वकपको नकआउटमा प्रवेश गरेको हो । समूह ‘बी’ बाट स्विट्जरल्यान्ड विजेता बन्दा क्यानडा उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडासँग समान अंक भएको बोस्निया एन्ड हर्जगोभिना गोलअन्तरको आधारमा तेस्रो स्थानमा रह्यो ...
। फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा मोरक्कोले हाइटीलाई ४–२ को गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले यो जित हात पारेको हो । खेलको १० औं मिनेटमै आत्मघाती गोल खाएर मोरक्को पछि परेको थियो । त्यसपछि ३९ औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल १–१ को ...