मुख्य समाचार
बार्सिलोनाले भ्यालेन्सियालाई ५-० फराकिलो जित निकाल्दै सेमिफाइनलमा
बार्सिलोनाले भ्यालेन्सियालाई ५-० फराकिलो जित निकाल्दै सेमिफाइनलमा

। फेरान टोरेसको ह्‍याट्रिक मद्दतमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्‍वाटरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-० गोलअन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फेरानले ह्‍याट्रिक गर्दा फर्मिन लोपेज र लामिन यमालले १-१ गोल गरे । पहिलो हाफमै ४ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल मात्र गर्‍यो ।




खेलको तेस्रो मिनेटमा नै फेरानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा उनले टोलीको अग्रता दोब्बर पारे । २३औं मिनेटमा लोपेजले गोल गर्दै ३-० को अग्रतामा पुर्‍याए ।

३०औं मिनेटमा फेरानले ह्‍याट्रिक पूरा गर्दा बार्सिलोना ४-० ले अघि बढिसकेको थियो । त्यसपछि दोस्रो हाफको ५९औं मिनेटमा यमालले गोल गरेपछि बार्साको ५-० को जित पक्का भयो ।




गएराति नै भएको अर्को खेलमा रियल सोसिडाडले ओसासुनालाई २-० ले हराउँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल पुग्ने टोलीहरूमा बार्सिलोनासँगै एट्लेटिको मड्रिड, रियल मड्रिड र रियल सोसिडाड छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित