मुख्य समाचार
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै

। रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुँदैछ । नेपालका क्रिकेट स्टेडियममा यो नै पहिलो फ्लड लाइट हुनेछ ।

शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निदेशक विनोद कुँवरले शनिबारदेखि लाइट जडान हुने जानकारी दिए । नेपालमै पहिलो पटक रातिमा प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गर्न लागिएको बताए ।




२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्‌घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान गरी परीक्षण गरिने कुँवरले बताए ।

यो मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । ‘भारतबाट पनि केही क्लब स्तरीय टिम आएर पहाँ आएर खेलेको पनि जानकारी गराउन चाहान्छौं’, उनले भने ।




नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेजिंग रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए । ५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...