मुख्य समाचार
अस्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
अस्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

। अस्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय स्टोइनिसले आईसीसी च्याम्पियन्स ट्रफीको संघारमा आएर यस्तो निर्णय लिएका हुन् । उनले टी-२०आई‌ करियरमा थप केन्द्रीत‌ हुनका लागि यस्तो निर्णय लिएको बताएका छन् ।




स्टोइनिसले अस्ट्रेलियाका लागि ७१ ओडिआई खेल्दा एक शतकसहित १४९५ रन बनाएका छन् । त्यस्तै ४८ विकेट पनि लिएका छन् । उनले सन् २०१९ र २०२३ को एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

स्टोइनिसले अष्ट्रेलियाका लागि ओडिआई क्रिकेट खेल्नु एउटा अविश्वसनीय यात्रा भएको बताउँदै हरेक क्षणका लागि कृतज्ञ भएको उल्लेख गरे । ‘मेरो देशलाई उच्च स्तरमा प्रतिनिधित्व गर्नु भनेको अमुल्य कुरा हो जसको म सँधैं कदर गर्छु’ स्टोइनिसले भनेका छन् ।




‘यो सजिलो निर्णय थिएन, तर म विश्वास गर्दछु यो सही समय हो मेरा लागि ओडिआईबाट टाढा जान अनि मेरो करियरको अर्को अध्यायमा पूर्ण ध्यान केन्द्रित गर्नका लागि’ स्टोइनिसले अगाडि भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित