मुख्य समाचार
‘पूर्णबहादुरको सारंगी’ हेर्न नपाएपछि मनीषा : २ पटक समय मिलाएँ, हाउसफूलले टिकट पाइँन
‘पूर्णबहादुरको सारंगी’ हेर्न नपाएपछि मनीषा : २ पटक समय मिलाएँ, हाउसफूलले टिकट पाइँन

। अभिनेत्री मनीषा कोइरालाले कमाइमा इतिहास रचेको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न चाहेर पनि नपाएको बताएकी छन् । ‘दुईपटक यो फिल्म हेर्ने समय मिलाएँ तर हाउसफूलको कारण टिकट पाइँन’ ह्वाइट हाउस साहित्य महोत्सवमा उनले भनिन् ।

नेपाली फिल्म यसरी चलेकोप्रति आश्चर्य मान्दै उनले नेपाली फिल्मको बजार विस्तार हुँदै गएको बताइन् । फेस्टिभल अन्तर्गतको छलफल सत्र ‘आर्ट बियोन्ड बाउन्ड्रिज’मा उनी बोल्दै थिइन् ।




सो अवसरमा उनले भनिन्, ‘नेपाली फिल्म अन्तराष्ट्रिय बजारमा पुगिसक्यो । नेपालमा फिल्मको बजार ठूलो बनेको एउटा उदाहरण पूर्णबहादुरको सारङ्गी हो ।’

मनीषाले बलिउड कलाकारको कडा मिहेनतले स्थापित हुन पुगेको बताइन् । उनले भनिन्, ‘बलिउडका कलाकारले जस्तै मिहेनत यहाँ भएको छ । यही मिहेनतले निरन्तरता पायो भने नेपाली फिल्मको बजार फराकिलो हुनेछ ।’




सफलता पाउन निरन्तरता र कडा मेहनत जरुरी रहेको उनले बताइन् । कला यात्रामा लाग्नुको कारण पारिवारिक पृष्ठभूमि राजनीतिक मात्रै नभएर कलाप्रति परिवारको झुकाव पनि रहेको उनले बताइन् ।

आफ्नो पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि आफू सामान्यरुपले हुुर्किएको स्मरण उनले गरिन् । साहित्यिक कार्यक्रममा बोल्न मन लाग्नुको कारणबारे उनी सुनिइन्, ‘नयाँ पुस्ताका विद्यार्थीमाझ पुग्दा आफूमा अझै धेरै काम गर्ने ऊर्जा आउँछ । कथा सुन्ने र सुनाउने थलो भएकाले म यस्ता कार्यक्रममा पुग्छु ।’

कुराकानीको क्रममा उनले क्यान्सरलाई जित्न मनोबल बलियो हुनुपर्ने बताइन् । ‘क्यान्सरलाई जित्नका लागि मनोबल बलियो हुनु पर्छ’ उनले भनिन्, ‘आफैबाट बाँच्ने प्रयास गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...