मुख्य समाचार
अस्ट्रेलियाका दुई स्टार बलरले च्याम्पियन्स ट्रफी गुमाउने
अस्ट्रेलियाका दुई स्टार बलरले च्याम्पियन्स ट्रफी गुमाउने

। झण्डै आठ वर्षपछि हुन लागेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअघि अस्ट्रेलियन टोलीलाई अर्को धक्का लागेको छ । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेकै दिन दुई स्टार बलरले पनि प्रतियोगिता गुमाउने पक्का भएको हो ।

कप्तान प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने भएका हुन् । योसँगै अस्ट्रेलियाले अब प्रारम्भिक टोलीमा चारवटा परिवर्तन गर्नुपर्ने छ । अलराउण्डर मिचेल मार्श पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिने पहिले नै पक्का भएको थियो ।




कमिन्स र हेजलवूड चोटबाट गुज्रिएको र च्याम्पियन्स ट्रफीका लागि रिकभर नहुने अस्ट्रेलियन टोलीका सेलेक्सन कमिटीका सदस्य जर्ज बेलीलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ ।

अब अस्ट्रेलियाले मार्श, स्टोइनिस, कमिन्स र हेजलवूडको विकल्प खोज्नुपर्ने छ । यी चारजनै खेलाडी सन् २०२३ को विश्‍वकप विजेता टोलीका सदस्य थिए । कमिन्सकै कप्तानीमा अस्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।




अस्ट्रेलियाले फेब्रुअरी १२ सम्ममा च्याम्पियन्स ट्रफी खेल्ने टोलीको अन्तिम नामावली टुंगो लगाउनुपर्ने छ । कमिन्स र हेजलवूडको स्थानमा स्पेन्सर जोनसोन र शन एबटले मौका पाउने सम्भावना धेरै छ ।

अस्ट्रेलियाले कप्तान र उपकप्तान पनि टुंगो लगाउनुपर्नेछ । स्टिभ स्मिथ र ट्राभिस हेडले कप्तान र उपकप्तानको जिम्मेवारी प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम