मुख्य समाचार
पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ
पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ

। पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको हो ।

पीएफएको संशोधित विधान लागू गर्न असफल भएको कारणले गर्दा पीएफएफलाई तत्कालै लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको फिफाले जनाएको छ । पाकिस्तानको फुटबल सामान्य अवस्थामा नफर्केसम्म पीएफएफको निलम्बन कायम रहनेछ ।




फिफा र एएफसीले प्रस्तुत गरेको पीएफएफ विधानलाई पीएफएफको कंग्रेसले अनुमोदन गरेपछि मात्र निलम्बन हटाइने पनि फिफाले जनाएको छ ।

पाकिस्तान फुटबल निलम्बनमा परेको यो पहिलो पटक भने होइन । यसअघि फिफाले सन् २०२१ मा पनि पाकिस्तान फुटबल निलम्बन गरेको थियो । उक्त निलम्बन सन् २०२२ मा फुकुवा भएको थियो ।




निलम्बपछि पाकिस्तान फुटबलले अन्तर्राष्ट्रिय खेलहरुमा पुनरागमन गरेको थियो तर त्यहाँको फुटबल अझै पनि सामान्य रुपमा अघि बढ्न नसकेपछि फिफाले पाकिस्तान फुटबललाई फेरि निलम्बन गरेको हो ।

यो लम्बनपछि पाकिस्तानले आगामी मार्चदेखी हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्ने/नखेल्ने अनिश्चित बनेको छ । उक्त छनोटमा पाकिस्तान रहेको समूह ई मा सिरिया, अफगानिस्तान र म्यानमार छन् ।

यस्तै फिफाले ‘थर्ड पार्टी’ को प्रभाव रहेको भन्दै अफ्रिकी राष्ट्र कंगो फुटबललाई पनि अर्को निर्णय नहुँदासम्मको लागि लिम्बन गरेको छ ।

पीएफएफ नर्मलाइजिङ कमिटीका अध्यक्ष हारुन मलिकले विश्व फुटबलको नियमनकारी निकाय फिफा र पाकिस्तान फुटबलको नवनिर्वाचित कंग्रेसबीच गतिरोध रहेको बताउँदै यसले गर्दा फिफाले पाकिस्तानलाई ‘शर्त’ सहित निलम्बन गर्न सक्ने बताए ।

‘फिफाले पीएफएफको विधानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन केही संशोधन गर्न चाहन्छ । तर नवनिर्वाचित पीएफएफ कंग्रेसका अधिकांश सदस्यहरूले फिफाको प्रस्तावहरूमा सहमति जनाएका छैनन्,’ मलिकले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...