मुख्य समाचार
अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाए
अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाए

। अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाएको छन् । मंगलबार र बुधबार गरी ४ लाख ६४ हजार ६२ जनाले एचपीभी खोप लगाएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।

मंगलबारबाट खोप अभियान सुरु भएको थियो । दुई दिनमा लक्षित किशोरीमध्ये २८ प्रतिशतले खोप लगाइसकेका छन् । सबैभन्दा बढी कोशी प्रदेशमा ४४.९ प्रतिशतले खोप लगाएका छन् भने सबैभन्दा कम कभरेज कर्णाली प्रदेशमा ९.३ प्रतिशत छ ।

गौतमका अनुसार ७७ जिल्लामध्ये ७० जिल्लामा खोप अभियान सञ्चालन भइसकेको छ । विभिन्न प्रदेशका गरी ७ जिल्लामा सुरु भइसकेको छैन । कर्णाली प्रदेशका जुम्ला, हुम्ला र डोल्पामा खोप दिन सुरु गरिएको छैन । गण्डकी प्रदेशको मुस्ताङ र मनाङ साथै कोशी प्रदेशको संखुवासभा र इलाममा खोप अभियान सुरु हुन बाँकी छ ।


जुम्ला, इलाम र संखुवासभा जिल्लामा आइतबारबाट खोप दिइँदै छ । अन्य हिमाली जिल्लाहरुका अधिकारीहरुले भने फागुन महिनाबाट मात्रै सुरु गर्ने जानकारी दिएको गौतमले बताए । ‘ती जिल्लामा जाडो भएका कारण कतिपय ठाउँमा अहिले विद्यालय छुट्टी रहेछ फागुनबाट सुरु गर्छाैँ भन्नुभएको छ’ गौतमले भने।

फागुन १६ गतेसम्म चल्ने अभियानमा विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्दै गरेका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइँदैछ ।

अभियानमा १६ लाख ८८ हजार ७६८ जनालाई खोप दिने लक्ष्य राखिएको छ । लक्षित जनसंख्याको कम्तिमा पनि ९० प्रतिशतलसम्म खोप पुर्‍याउने लक्ष्य राखिएको खोप शाखा प्रमुख गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम