मुख्य समाचार
(रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी
(रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभामा शून्य समय लिएर बोल्ने क्रममा सांसद कठायतले रास्वपालाई तर्साउने र बदनाम गराउने काम भएको हो भने त्यसबाट नडराउने बताएकी हुन् ।




‘रास्वपालाई तसाईदिउँ, बदनाम गराउँ, ठगको बिल्ला भिराउँ, रविलाई सिध्याएर रास्वपा सकिन्छ भन्ने सोचेको हो भने रास्वपा डराएको छैन,’ सांसद कठायतले दाबी गर्दै भनिन्, ‘रविको सट्टामा सय रवि यही सदनमा प्रवेश गर्नलाई ०८४ साल कुरेर बसेका छन् ।’

सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई हिरासतमा राखेको, अहिले जिल्ला जिल्लामा बयान भन्दै घुमाउने काम गरेको उल्लेख गर्दै उनले सहकारी पीडितको समस्या समाधान नभएकोप्रति प्रश्न गरिन् ।




‘राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राख्यो । तर, सहकारी समस्या समाधान भयो त ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘बचतकर्ताको करिब ३ सय अरब हिनामिना भएको उल्लेख छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने विषय कहाँ पुग्यो ?’

सांसद कठायतले जिल्ला–जिल्ला घुमाएर मात्रै सहकारी पीडितको रकम फिर्ता हुने भए आफ्नो सभापति ७७ वटै जिल्ला घुम्न तयार भएको बताइन् ।

‘एउटा व्यक्तिविशेषलाई लक्षित गरेर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले हाम्रो पार्टी सभापतिलाई बयान गराउने नाममा जिल्ला जिल्ला घुमाउने काममा व्यस्त देखिन्छ । जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?,’ उनले अघि भनिन्, ‘हुन्छ भनिदियोस् सरकारले, हाम्रो सभापति दुई तीन जिल्लामात्रै होइन, ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् । शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना ...
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...