मुख्य समाचार
नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य स्पाइकर सरस्वती एपीएफबाट राजीनामा दिएर अस्ट्रेलिया लागिन्
नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य स्पाइकर सरस्वती एपीएफबाट राजीनामा दिएर अस्ट्रेलिया लागिन्

। नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी अस्ट्रेलियातर्फ लागेकी छन् । उनले एपीएफ क्लबबाट राजीनामा बुझाएर अस्ट्रेलिया गएको क्लबका व्यवस्थापक विजय केसीले जानकारी दिए ।

‘पहिले चाहिँ बिदामा गएकी थिइन्, त्यहाँ गएर खेल पनि खेलिन्, अहिले चाहिँ अब सायद उनको भिसा लम्ब्याउने गरी फर्दर स्टेको प्रोसेसहरू मिलेको होला त्यसैले राजीनामा नै बुझाएर त्यता गएकी हुन्’ केसीले अनलाइनखबरसँग भने ।




केसीका अनुसार सरस्वती थप अध्ययनको सिलसिलामा अस्ट्रेलिया गएकी हुन् । उनी समय मिलेको अवस्थामा नेपाल आउँदा एपीएफलाई नै पहिलो प्राथमिकतामा राख्ने र क्लबले चाहेमा खेल्न पनि तयार हुने बताएकी छन् ।

‘राष्ट्रिय टिमबाट उनले सन्यास लिएकी छैनन्, उता गएर पढ्ने र खेललाई पनि निरन्तरता दिने कुरा गरिन्’ केसीले भने, ‘नेशनल टिमले बोलायो भने म खेल्छु, मिल्यो भने एपीएफबाटै खेल्नु पहिलो प्राथमिकतामा राख्ने उनको धारणा थियो।’


सरस्वतीले अघिल्लो साता सम्पन्न टाइगर कप भलिबलमा एपीएफबाट खेलेकी थिइन् । त्यसअघि उनी अस्ट्रेलिया भ्रमणबाट फर्केकी थिइन् ।

एपीएफ क्लबका सदस्यहरूले एक कार्यक्रमको आयोजना गरी बिहीबार सरस्वतीको बिदाई गरेका थिए । उनीहरूले सरस्वतीको जर्सीमा अटोग्राफसहित उनलाई फोटो फ्रेम उपहार पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...