मुख्य समाचार
थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जिते
थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जिते

— थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जितेको छ । शुक्रबार भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई ७ विकेटले पराजित गरेको थियो ।



टस जितेर ब्याटिङ रोजेको नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० ओभर खेल्दै ७ विकेट गुमाई ८१ रनमात्र बनाउन सक्यो । जबाफमा शीर्ष वरीयताको थाइल्यान्डले १७ ओभरमै लक्ष्य पूरा गरेको थियो । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा थाइल्यान्ड, १३, नेदरल्यान्ड्स १६ र नेपाल २० औं स्थानमा छ ।

थाइल्यान्ड ६ खेल खेल्दै पाँचौं विजयसहित विजेता बनेको हो । नेदरल्यान्ड्स ६ मध्ये ४ खेल जितेर दोस्रो भयो । नेपाल सबै ६ खेलमा पराजित भयो । सहभागी टोलीले एकअर्कासँग ३–३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने प्रावधान थियो ।

लिगको अन्तिम खेलमा कप्तान नारुइमोल चाइवाईले अविजित २७ रन बनाएर थाइल्यान्डलाई विजय दिलाए । उनले ३४ बल खेल्दै २ चौका प्रहार गरिन् । नानापात कोन्चारोइन्काईले ३२ बलमा १ चौकासहित २३ र नताया बुचाथमले ११ रन बनाए । नेपालबाट कप्तान इन्दु बर्माले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ र पूजा महतोले १ विकेट लिएका थिए ।

यसअघि नेपाली ब्याटिङ शृंखलामा खुल्न सकेन । ओपनर सम्झना खड्काले २९ बल खेल्दै १ चौकासहित सर्वाधिक १७ रन बनाइन् । विन्दु रावल ७, पूजा ६, रुबिना क्षेत्री १, इन्दु १०, कविता जोशीले १ चौका र १ छक्कासहित १४ रन र एलिसा यादव शून्यमा आउट भए । सीता रानामगर १० बलमा ७ र ‘डेब्यु’ गरिरहेकी राजमति ऐरी १७ बलमा ११ रन बनाएर अविजित रहे ।


थाइल्यान्डकी थिपात्चा पुथावोङ प्लेयर अफ द सिरिजमा चुनिन् । अन्तिम खेलमा कुनै विकेट नलिए पनि उनले शृंखलाको यसअघिका ५ खेलमा ५.८१ को औसतमा १६ विकेट लिएकी थिइन् । नेपालको उत्कृष्ट खेलाडीमा पूजा महतो चुनिएकी थिइन् । उनले १ सयमाथिको स्ट्राइक रेटमा १ सय ३४ रन बनाउनु साथै ३ विकेट लिएकी थिइन् । उनलाई प्रमुख प्रायोजकको तर्फबाट यामाहा स्कुटर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।
— बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले बिहीबार यसको जानकारी गराउँदै प्रतियोगिताबाट आफ्नो टोलीको नाम हटाउने निश्चित गरेको हो । ‘हाम्रो माग विश्वकप खेल्ने मात्र हो, तर भारतमा गएर होइन,’ बीसीबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले पत्रकार सञ्चारकर्मीसँग भने । बंगलादेशले विश्वकपका आफ्ना खेलहरू श्रीलंकामा ...
नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा
। सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ । बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । नेपालका ...