मुख्य समाचार
थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जिते
थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जिते

— थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जितेको छ । शुक्रबार भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई ७ विकेटले पराजित गरेको थियो ।



टस जितेर ब्याटिङ रोजेको नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० ओभर खेल्दै ७ विकेट गुमाई ८१ रनमात्र बनाउन सक्यो । जबाफमा शीर्ष वरीयताको थाइल्यान्डले १७ ओभरमै लक्ष्य पूरा गरेको थियो । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा थाइल्यान्ड, १३, नेदरल्यान्ड्स १६ र नेपाल २० औं स्थानमा छ ।

थाइल्यान्ड ६ खेल खेल्दै पाँचौं विजयसहित विजेता बनेको हो । नेदरल्यान्ड्स ६ मध्ये ४ खेल जितेर दोस्रो भयो । नेपाल सबै ६ खेलमा पराजित भयो । सहभागी टोलीले एकअर्कासँग ३–३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने प्रावधान थियो ।

लिगको अन्तिम खेलमा कप्तान नारुइमोल चाइवाईले अविजित २७ रन बनाएर थाइल्यान्डलाई विजय दिलाए । उनले ३४ बल खेल्दै २ चौका प्रहार गरिन् । नानापात कोन्चारोइन्काईले ३२ बलमा १ चौकासहित २३ र नताया बुचाथमले ११ रन बनाए । नेपालबाट कप्तान इन्दु बर्माले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ र पूजा महतोले १ विकेट लिएका थिए ।

यसअघि नेपाली ब्याटिङ शृंखलामा खुल्न सकेन । ओपनर सम्झना खड्काले २९ बल खेल्दै १ चौकासहित सर्वाधिक १७ रन बनाइन् । विन्दु रावल ७, पूजा ६, रुबिना क्षेत्री १, इन्दु १०, कविता जोशीले १ चौका र १ छक्कासहित १४ रन र एलिसा यादव शून्यमा आउट भए । सीता रानामगर १० बलमा ७ र ‘डेब्यु’ गरिरहेकी राजमति ऐरी १७ बलमा ११ रन बनाएर अविजित रहे ।


थाइल्यान्डकी थिपात्चा पुथावोङ प्लेयर अफ द सिरिजमा चुनिन् । अन्तिम खेलमा कुनै विकेट नलिए पनि उनले शृंखलाको यसअघिका ५ खेलमा ५.८१ को औसतमा १६ विकेट लिएकी थिइन् । नेपालको उत्कृष्ट खेलाडीमा पूजा महतो चुनिएकी थिइन् । उनले १ सयमाथिको स्ट्राइक रेटमा १ सय ३४ रन बनाउनु साथै ३ विकेट लिएकी थिइन् । उनलाई प्रमुख प्रायोजकको तर्फबाट यामाहा स्कुटर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले ५० ‌‌‌ओभरमा ७ विकेटको क्षतिमा २८९ रन बनाएको थियो। वर्षाका कारण खेल प्रभावित भएपछि युएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। युएईले निर्धारित ओभरमा ८ विकेट ...
: नवलपुरको कोल्हुवास्थित राइनो रंगशालामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा संकटा फुटबल क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मध्यबिन्दु स्काई लाइन योङ स्टार कावासोतीसँग १-० को कठिन जित निकाल्दै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले ...
: छैटौं बीच एसियन गेम्स २०२६ सम्पन्न भएको छ। चीनको हाइनाइ प्रदेशको सान्यामा भएको यस प्रतियोगितामा नेपालले एक कास्यसहित प्रतियोगिता सकाएको छ। यस प्रतियोगितामा नेपालबाट २ खेलले सहभागिता जनाएका थिए। बीच महिला कबड्डीले कास्य पदक जितेको हो। बीच रेस्लिङमा भने नेपालका खेलाडी नकआउट चरणबाटै बाहिएको हो। पदक तालिकामा आयोजक चीन सबैभन्दा माथि छ। चीनले २४ वटा ...
। चेल्सी इंग्लिस एफए कप फुटबलको फाइनलमा पुगेको छ । आइतबार बेलुका सम्पन्न सेमिफाइनलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी फाइनल पुगेको हो । वेम्ब्ली स्टेडियममा भएको खेलमा चेल्सीले लिड्सलाई १–० ले पराजित गर्‍यो । खेलको २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले शनिबार राति ...
: नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि नेपालले विजय सुनिश्चित गरेको हो। युएईले दिएको १२९ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि भुर्तेल ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल ...