मुख्य समाचार
म्यानचेस्टर युनाइटेडले एफएकपमा लेस्टर सिटीलाई २–१ ले पराजित
म्यानचेस्टर युनाइटेडले एफएकपमा लेस्टर सिटीलाई २–१ ले पराजित

— ह्यारी म्यागुएरले खेलको अन्त्यतिर गरेको गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले एफएकप चौथो चरणमा शनिबार लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । लेस्टरका प्रशिक्षक रुद भान निस्टलरोयका लागि ओल्ड ट्रायफोर्डको भ्रमण सुखद रहेन ।


निल्टलरोय युनाइटेडका पूर्व खेलाडी तथा प्रशिक्षक हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत लेस्टरले बबीन डे कारडोभाको गोलले ४२ औं मिनेटमा अग्रता लिएको थियो । जोसुआ जिर्कजीले युनाइटेडका लागि ६८ औं मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफको इन्ज्युरी समयमा म्यागुएरले हेडबाट निर्णायक गोल गरेका हुन् । गोलको अवसरमा उनी अफसाइड रहेका थिए, तर एफएकपको यो चरणमा ‘भार’ लागू नभएको हुनाले गोलले मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ । फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने ...
: नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप खेल्ने नेपाली पुरुष यू–१९ टिमको घोषणा गरेको छ। क्यानले अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), दिलसाद अली, अभिषेक तिवारी, किब्रिन श्रेष्ठ, सहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लहार, नितेश पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...