मुख्य समाचार
पीएसजीले फ्रान्सेली लिग–वानमा मोनाकोलाई सजिलै ४–१ ले पराजित
पीएसजीले फ्रान्सेली लिग–वानमा मोनाकोलाई सजिलै ४–१ ले पराजित

— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा मोनाकोलाई सजिलै ४–१ ले पराजित गरेको छ र यससँगै उसले लिग उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ । यो नतिजापछि पीएसजीको २१ खेलबाट ५३ अंक भएको छ ।



यो दोस्रो स्थानमा रहेको मार्सेमाथि १३ अंकको ठूलो बढ्त हो । एक खेल कम खेलेका मार्सेको ४० अंक छ । पीएसजीको यस सिजन लिगमा यो १६ औं जित हो । पीएसजीको यस जितमा ओसमन डेम्बेलेले दुई गोल गरे ।

गोलको खाता भने छैटौं मिनेटमा भिटिन्हाले खोलेका थिए । यस्तै दोस्रो गोल नयाँ अनुबन्धित खेलाडी कभारा कभारसाखालियाले गरे । मोनाकोबाट सम्भव भएको एक मात्र गोल डेनिस जाकिराको नाममा रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ का लागि ब्राजिलले प्रारम्भिक टोली घोषणा गरेको छ । ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । चोटका कारण लामो समय बाहिर रहेका नेयमार प्रारम्भिक टोलीमा समेटिएका हुन् । गोेलरक्षकः एलिसन, बेन्टो, एडर्सन, ह्युगो सौजा, जोन र वेभर्टन । डिफेन्डरः मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस, ग्लेसन ब्रेमर, लिओ परेरा, रोजर ...
। फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् । रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (एफएफके) ले पुष्टी गरेको छ । प्रशिक्षक रुटेन र फेडेरेसनका अध्यक्षबीच भएको खुला तथा रचनात्मक छलफलपछि यो निर्णय लिइएको फेडेरेसनले जनाएको छ । कुराकाओको फुटबल, खेलाडीहरूको हित र राष्ट्रिय टोली ...
। नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ३ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २८औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५३ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार ...
। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा, भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग माग गरेको छ । संघका अध्यक्ष जगत बहादुर टमाटा ले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो । पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह, महिला ...
। जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र स्वीडेनले टोली घोषणा गरेको छ । स्वीडेनले विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोली नै घोषणा गरेको हो । प्रिमियर लिगका दुई स्टार भिक्टोर योकेरेस र अलेजान्डर इसाक स्वीडेनको मुख्य खेलाडीको रूपमा छन् । डेजान क्लुसेभ्स्की, रोनी बर्डघी, विलिओट स्विडवर्ग लगायत खेलाडी मुख्य प्रशिक्षक ग्राहम ...