मुख्य समाचार
बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा वेडर ब्रेमनलाई ३–० ले पराजित
बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा वेडर ब्रेमनलाई ३–० ले पराजित

— बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार वेडर ब्रेमनलाई ३–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीबाट दुई गोल गरे ।


त्यसबीच लेरोय सेनले एक गोल थपे । गोलरहित पहिलो हाफपछि केनले ५६ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उनको व्यक्तिगत दोस्रो गोल भने दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा सम्भव भएको थियो । सेनले भने ८२ औं मिनेटमा गोल गरे ।


यो जितपछि बायर्नको २१ खेलबाट ५४ अंक भएको छ र लिग उपाधितर्फ अग्रसर देखिएको थियो । बायर लेभरकुजन २० खेलबाट ४५ अंकमा दोस्रो स्थानमा छ । ब्रेमन भने ३० अंकमा आठौं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङ गरेको मधेशले १०२ रन बनाएको थियो। १०३ को विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भएको हो। सुदूरका लागि हेमन्त धामीले मात्र दोहोरो अंकमा रन बनाए। उनले ३३ बलमा १ चौका र १ ...
: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको छ। यो पुलिसको प्रतियोगितामा आठौं जित हो। लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले १४७ रन बनाएको थियो। पुलिसले दिएको १४८ को लक्ष्य पछ्याएको कर्णाली प्रदेश २४ ओभरमा अलआउट हुँदै १०३ रन बनायो। पुलिसका बाँया हाते ...
। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य स्पीनर तथा नेपाल पुलिस क्लबका खेलाडी ललित राजवंशीले प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन् । उनी पीएम कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । अहिले भइरहेको कर्णाली प्रदेशसँगको खेलमा विकेट लिँदै उनले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् । उनले ४२ खेलमा विकेट ...
: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक आगामी हप्ताभित्र नियुक्त गर्ने तयारी गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ७० जनाको आवेदनबाट १० जना सर्टलिस्ट गराइ हाल अन्तरवार्ताको क्रम चलिरहेको अन्नपूर्ण पोष्टलाई जानकारी दिए । ‘हामी १० जनाको अन्तरवार्ता लिइरहेका छौं ,'उनले भने,' एकहप्ता भित्रमा प्रमुख प्रशिक्षक नियुक्त गर्छौं ...
। अस्ट्रेलियाको ब्रिसबेनमा रहेको प्रसिद्ध गाबा क्रिकेट स्टेडियम सन् २०३२ को ओलम्पिक खेलपछि भत्काइने भएको छ । यसको बदलामा भिक्टोरिया पार्क क्षेत्रमा ६० हजार दर्शक क्षमताको नयाँ आधुनिक रंगशाला निर्माण गरिनेछ, जुन क्वीन्सल्यान्डको नयाँ क्रिकेट केन्द्र बन्नेछ। क्वीन्सल्यान्डका प्रिमियर डेविड क्रिसाफुलीले मंगलबार यो योजना सार्वजनिक गर्दै क्रिकेटको भविष्य सुनिश्चित भएको बताएका हुन्। यसअघि गाबाको मर्मतका लागि ...