मुख्य समाचार
अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु
अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

: अमेरिकाको अलास्कामा बिहीबार १० जना सवार चार्टर्ड विमान बेपत्ता भएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ।


बेरिङ एयरको विमान अलास्काको उनालाक्लीट शहरबाट नोम शहरका लागि उडेको थियो। विमानको भग्नावशेष शुक्रबार नोम विमानस्थलबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो।

नोम भोलेन्टियर अग्नि नियन्त्रण विभागले विमानमा नौ यात्रु र एक पाइलट रहेको बताएको छ। उडान ट्र्याकिङ वेबसाइट फ्लाइट राडारको तथ्याङ्क अनुसार उनालाक्लीटबाट उडान भरेको ३९ मिनेटपछि विमान राडारबाट गायब भएको थियो। उनालाक्लीटबाट नोमको दूरी २३५ किलोमिटर छ।



अमेरिकी तटरक्षक बलले विमानभित्र तीनवटा शव पहिचान गरिएको बताएको छ। बाँकी ७ जनाको शव अझै पनि विमान भित्रै छ। हराएको विमानमा सवार सबै यात्रुका परिवारलाई जानकारी गराइएको अग्नि नियन्त्रण विभागले जनाएको छ।

खराब मौसमका कारण बिहीबार खोजी कार्य रोक्नुपरेको र विमान पत्ता लगाउन गाह्रो भएको जनाइएको छ। शुक्रबारको प्रारम्भिक खोजीमा पनि विमानको कुनै अवशेष भेटिएको थिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जलवायु संकट गहिरिँदै जाँदा सन् २०३० भित्र विश्वले नयाँ रेकर्ड तोड्ने गर्मी वर्ष देख्ने लगभग निश्चित देखिएको संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व मौसम विज्ञान संगठनले चेतावनी दिएको छ । यस वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएकाले विश्व तापक्रमको रेकर्ड सन् २०२७ मै तोडिन सक्ने बताइएको छ । जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड ...
: अमेरिका र इरानबीच एउटा नयाँ सम्झौताका लागि सहमति जुटेको खबर सार्वजनिक भएको छ । प्राप्त विवरणहरूका अनुसार यस सम्झौतामा जारी युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने र इरानको परमाणु कार्यक्रमको भविष्यका विषयमा वार्ता सुरु गर्ने बुँदाहरू समावेश छन् । तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने युद्धको विषयलाई लिएर कुनै पनि ठोस सम्झौतामा पुग्नुअघि अमेरिका र ...
: इरान र अमेरिकाबिच जारी तनावका बिच अमेरिकी सेनाले इरानभित्र नयाँ हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने बन्दरगाह सहर 'बन्दर अब्बास' स्थित एक सैन्य स्थललाई निशाना बनाएर हमला गरेको हो। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो आक्रमण हो। यस नयाँ द्वन्द्वले दुई देशबिच भर्खरै भएको कमजोर युद्धविरामलाई फेरि संकटमा पारेको छ। अमेरिकी ...
: इजरायली सेनाले दक्षिणी लेबनानका ठूला क्षेत्रहश्रलाई खाली गर्ने आदेश जारी गरेको छ। सेनाले नयाँ आक्रमणहरू गर्नू अघि यी क्षेत्रहरूलाई 'युद्ध क्षेत्र' घोषणा गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले त्यहाँका नागरिकहरूलाई जहरानी नदीको उत्तरतर्फ जान सुचित गरेको छ । यो नदी इजरायलको सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको छ । आईडीएफले आफूले अत्यन्तै कडा रूपमा ...
: इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले बिहीबार सेनालाई गाजाका थप क्षेत्रहरूमा कब्जा गर्न निर्देशन दिएको बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार नेतन्याहूले सुरुवाती लक्ष्य प्यालेस्टाइनी क्षेत्रको ७० प्रतिशत भूभागमा नियन्त्रण कायम गर्नु रहेको बताएका छन्। यो कदमलाई अक्टोबर २०२५ मा इसराइल र हमासबीच भएको युद्धविराम सम्झौताका सर्तहरूको विपरित मानिएको छ। गाजाको जनसंख्या पहिलेदेखि नै समुद्र तटको किनारमा ...