मुख्य समाचार
अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु
अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

: अमेरिकाको अलास्कामा बिहीबार १० जना सवार चार्टर्ड विमान बेपत्ता भएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ।


बेरिङ एयरको विमान अलास्काको उनालाक्लीट शहरबाट नोम शहरका लागि उडेको थियो। विमानको भग्नावशेष शुक्रबार नोम विमानस्थलबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो।

नोम भोलेन्टियर अग्नि नियन्त्रण विभागले विमानमा नौ यात्रु र एक पाइलट रहेको बताएको छ। उडान ट्र्याकिङ वेबसाइट फ्लाइट राडारको तथ्याङ्क अनुसार उनालाक्लीटबाट उडान भरेको ३९ मिनेटपछि विमान राडारबाट गायब भएको थियो। उनालाक्लीटबाट नोमको दूरी २३५ किलोमिटर छ।



अमेरिकी तटरक्षक बलले विमानभित्र तीनवटा शव पहिचान गरिएको बताएको छ। बाँकी ७ जनाको शव अझै पनि विमान भित्रै छ। हराएको विमानमा सवार सबै यात्रुका परिवारलाई जानकारी गराइएको अग्नि नियन्त्रण विभागले जनाएको छ।

खराब मौसमका कारण बिहीबार खोजी कार्य रोक्नुपरेको र विमान पत्ता लगाउन गाह्रो भएको जनाइएको छ। शुक्रबारको प्रारम्भिक खोजीमा पनि विमानको कुनै अवशेष भेटिएको थिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्वको सबैभन्दा ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । पछिल्लो तीन महिनामा कम्पनीले गरेको यो दोस्रो ठूलो जनशक्ति छाँटकाँट हो । कम्पनीले आफ्ना बाँकी भौतिक स्टोर, किराना र गो मार्केटहरू बन्द गर्ने जनाएको छ । ग्राहकको हत्केला स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्ने प्रविधि ‘अमेजन वान’ पनि ...
— सिंगापुर एयरलाइन्सले यात्रु चापलाई लक्षित गर्दै मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार सातामा दुई उडान वाइडबडी विमानमार्फत सञ्चालन हुनेछ । आगामी मार्च र अप्रिलमा यात्रुको चाप बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइडबडी विमान प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्स नेपालले जनाएको छ। उक्त विमान हालसम्म त्रिभुवन ...
: न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार क्रिस्टोफर लक्सनले इमेल गरिएको विज्ञप्तिमा भनेका छन्,'हामीले हालको रूपमा शान्ति बोर्डमा सामेल नहुने निर्णय गरेका छौं।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि 'बोर्ड अफ पिस' नामक संस्था ...
: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम