मुख्य समाचार
भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भए
भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भए

— भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । गत बुधबार भएको दिल्ली विधानसभा चुनावको प्रारम्भिक मतगणनाअनुसार भाजपाले एकल बहुमत ल्याउने निश्चित देखिएको हो ।


मतगणनाको पछिल्लो परिणामअनुसार ७० सिटको विधानमभामा भाजपा ११ सिटमा विजयी भइसकेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले ३९ सिटमा अग्रता कायम गरिहरेको छ ।


सत्तारूढ आदमी पार्टी (आप) १० स्थानमा विजयी भएको छ । आप १० स्थानमा अगाडि रहेको आयोगले जनाएको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९८ मा सुस्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन् ।

सन् १९९८ डिसेम्बर ३ मा मुख्यमन्त्री बनेकी शिला दिक्षितले तीन कार्यकाल चलाएकी थिइन् । त्यसपछि केजरीवालले दुई कार्यकाल शासन गरेका थिए ।

दिल्लीमा निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टी यसपटकको चुनावमा निकै कमजोर देखिएको हो । चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका परवेश बर्मासँग तीन हजार भन्दा बढी मतले पराजित भएका हुन् ।

त्यस्तै, चुनावमा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित भएका छन् । जंगपुरा निर्वाचन क्षेत्रबाट पराजित भएका सिसोदियाले हार स्वीकार गरिसकेका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन्।

सिसोदियाले आफू ६ सय मतले पराजित भएको बताएका छन् । ‘जंगपुरा सीटमा हामीले मिहिनेतका साथ चुनाव लड्यौँ । तर झण्डै ६ सय मतले पराजित भएका छौं,’ बीबीसी हिन्दीसँग सिसोदियाले भनेका छन् ।

चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
: पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हवाई हमला गरेको छ । यस कदमलाई हालै इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र अन्य सुरक्षा हमला घटनाहरूको जवाफ स्वरूप उठाइएको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार यस आक्रमणले सशस्त्र समूहहरूसँग सम्बन्धित सात शिविर र लुकेका ठाउँहरुलाई लक्षित गरेको थियो। ती समूहहरूले हालैका आतंककारी गतिविधिहरूको योजना बनाएको र तालिम तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। उनी मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आएपछि ट्रम्पले चीनको भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग पनि भेटवार्ता गर्ने छन्। यसअघि ...
— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् । ‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम