मुख्य समाचार
भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भए
भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भए

— भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । गत बुधबार भएको दिल्ली विधानसभा चुनावको प्रारम्भिक मतगणनाअनुसार भाजपाले एकल बहुमत ल्याउने निश्चित देखिएको हो ।


मतगणनाको पछिल्लो परिणामअनुसार ७० सिटको विधानमभामा भाजपा ११ सिटमा विजयी भइसकेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले ३९ सिटमा अग्रता कायम गरिहरेको छ ।


सत्तारूढ आदमी पार्टी (आप) १० स्थानमा विजयी भएको छ । आप १० स्थानमा अगाडि रहेको आयोगले जनाएको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९८ मा सुस्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन् ।

सन् १९९८ डिसेम्बर ३ मा मुख्यमन्त्री बनेकी शिला दिक्षितले तीन कार्यकाल चलाएकी थिइन् । त्यसपछि केजरीवालले दुई कार्यकाल शासन गरेका थिए ।

दिल्लीमा निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टी यसपटकको चुनावमा निकै कमजोर देखिएको हो । चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका परवेश बर्मासँग तीन हजार भन्दा बढी मतले पराजित भएका हुन् ।

त्यस्तै, चुनावमा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित भएका छन् । जंगपुरा निर्वाचन क्षेत्रबाट पराजित भएका सिसोदियाले हार स्वीकार गरिसकेका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन्।

सिसोदियाले आफू ६ सय मतले पराजित भएको बताएका छन् । ‘जंगपुरा सीटमा हामीले मिहिनेतका साथ चुनाव लड्यौँ । तर झण्डै ६ सय मतले पराजित भएका छौं,’ बीबीसी हिन्दीसँग सिसोदियाले भनेका छन् ।

चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...