मुख्य समाचार
मुख्यमन्त्री सिंहले जनकपुरधामको अवैधानिक रूपमा सञ्चालित मुस्कान अस्पताल बन्द गर्न निर्देशन
मुख्यमन्त्री सिंहले जनकपुरधामको अवैधानिक रूपमा सञ्चालित मुस्कान अस्पताल बन्द गर्न निर्देशन

: मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले जनकपुरधामको अवैधानिक रूपमा सञ्चालित मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।


अस्पतालमा पित्तथैलीको अप्रेसन गरेको बिरामीको २० दिनसम्म होस खुल्न नसकेको समाचार प्रकाशन भएपछि मुख्यमन्त्रीले अस्पताल अनुगमन गरेर सिल गरेर साँचो बुझाउन निर्देशन दिएका हुन्।

मुख्यमन्त्रीले शुक्रबार ११ बजे राति अनुगमन गरी बन्द गर्न निर्देशन दिएका हुन्। गत माघ ३ गते नै पित्त थैलीको अप्रेसन गरेकी सर्लाही हरिपुर्वा नगरपालिका-५ की पबिता कुमारी राय यादव अहिले मृत्यु शय्यामा जुधिरहेकी छन्।



मुख्यमन्त्री सिंहले शुक्रबार राति अस्पताल अनुगमन गरी दर्ताबिनै सञ्चालनमा रहेको अस्पतालका सञ्चालकलाई बोलाउन तथा अस्पतालमा भएका बिरामी अन्य अस्पतालमा सिफ्ट गरेर शनिबार ९ बजेसम्म अस्पतालको साँचो सरकारलाई बुझाउन निर्देशन दिएका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको हो । जसमा पूर्वधार निर्माण तथा सहरी विकास, ...
। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो । स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ ...
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो ...
महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : उद्योगमन्त्री भण्डारी